मुख्य समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरितका गतिविधि नगर्न सचेत
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरितका गतिविधि नगर्न सचेत

। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरितका गतिविधि नगर्न सचेत गराएको छ । महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभरि सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दा नियमको कडाइका साथ पालना गर्न सूचित गरिएको छ ।

यात्रुलाई गन्तब्यसम्म नपुर्‍याउने, बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, बस पकेट भन्दा बाहिर जथाभावी यात्रु चढाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सिट सरसफाइ नगर्ने जस्ता जनगुनासो आइरहेको महासंघले जनाएको छ ।

यसैगरी डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, सवारी साधनसँग सम्बन्धित कागजात दुरुस्त नराख्नेजस्ता गुनासोबारे समेत व्यवसायीलाई सचेत गराइएको छ । यस्ता व्यवहारले सार्वजनिक यातायात क्षेत्रलाई आम सरोकारवालाले अपहेलित र अमर्यादित पेशाका रुपमा लिने गरेको समेत महासंघको विश्लेषण छ ।

खर्ब लगानी रहेको र राज्यलाई अर्बमा राजस्व बुझाइरहेको पेशा मर्यादित, लगानीमैत्री र यात्रुमैत्री हुनुपर्नेमा अनौपचारिक रुपबाट यातायात क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको महासंघले उल्लेख गरेको छ ।

कतै यस्ता गतिविधि भएको भए तत्काल सुधार गरी आधुनिक प्रविधिमैत्री सेवा सञ्चालन गर्न/गराउन समेत आह्वान गरिएको छ । त्यसो नभए सवारी साधन, व्यवसायी र मजदूरलाई सम्बन्धित निकायले कारबाही गर्नेबारे समेत महासंघले सूचित गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
। सङ्घीय संसद्को पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले ७७ वटै जिल्लाका झन्डै ३ करोड ...
। सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरज शाक्य (काठमाडौं)लाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, बुधबारको बैठकले सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा ...
। खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानी क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तन सुरु गरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बुधबार सचिव पुडासैनीले बजेट विनियोजनको पुरानो परिपाटी, मेलम्ची आयोजनाको अवस्था र संस्थागत पुनर्संरचनाका योजनाबारे जानकारी दिए । उनले अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने तर समयमै फुकुवा नगर्ने प्रवृत्तिका कारण ...