। राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस कार्यान्वयन हुन नसकेको बताएको छ ।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले यस्तो गुनासो गरेको हो ।
‘हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन’, आयोगका अध्यक्ष तपबहादुर मगरले भने, ‘कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ । ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।’
संसदको कानून न्याय तथा मानवअधिकार समितिले आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे बहस गर्न आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो ।
छलफलमा आयोगका अध्यक्ष मगरले सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका हुन् ।