मुख्य समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताए
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताए

: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षभित्र १३२ केभी क्षमताका ९ वटा, २२० केभीका २ वटा, र नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजना गरी कुल १२ वटा विद्युत प्रसारण लाइनहरूको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्ययोजना तयार गरी अगाडि बढाइसकेको उनले बताए ।

उनले ऊर्जा बिकाससम्बन्धी नयाँ कार्ययोजना नेपालको ऊर्जा क्षेत्रका निम्ति ‘गेम चेन्जर’ हुन सक्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले संघीय संरचना अनुसार संघको कार्यक्षेत्रमा रहेको क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणालीको विकास गर्न मन्त्रालय लागिपरेको उल्लेख गरे । उनले सतह सिँचाइबाट सम्भव नभएका तराई–मधेशका ३ लाख १८ हजार हेक्टर कृषि योग्य जमिनमा भूमिगत जल भण्डारलाई उपयोग गरी क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणाली विकास गर्ने कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । यस पटक डिप ट्युबवेल निर्माण भई पम्प टेस्ट भएका करिब १६४ वटा ट्युबवेलहरूको प्रणाली निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने र थप ६६ वटा डिप ट्युबवेलहरू निर्माण हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो । जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज ...
: सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर ...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन् । कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् । एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन् । कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रिम बिक्रम तिमोथी, काठमाडौं ...