मुख्य समाचार
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताए
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताए

: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकका मन्त्रालयगत बजेटमाथिको प्रश्नको जवाफ दिदै मन्त्री लम्सालले आयोजना निर्माणमा देखिएका समस्याहरू समाधान गर्न खरिद ऐनमा स्पष्ट प्रावधानहरू थप गरिँन लागेको भन्दै अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

उनले खरिद ऐनमा रहेका त्रुटि र निर्माण व्यवसायीहरूले अत्यधिक न्यून मूल्य कबोल गरेर टेन्डर पार्ने प्रवृत्ति मुख्य समस्याका रूपमा रहेको भन्दै अब त्यस्ता समस्याहरुलाई समेत समाधान गरिने स्पष्ट पारे । उनले यसअघि आर्थिक अनियमिततालाई मात्र भ्रष्टाचार मानिने गरेकोमा, अब परिमार्जित ऐनले काममा ढिलाई हुने कार्यलाई समेत भ्रष्टाचार मान्ने उल्लेख गरे ।

मन्त्रालयको उद्देश्य कुनै पनि निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने वा टेन्डर रद्द गर्ने नरहेको भन्दै उनले व्यवसायीहरूलाई दबाब दिएर भए पनि काम सम्पन्न गराउने मन्त्रालयको मुख्य मनसाय रहेको धारणा राखे । फास्ट ट्रयाकमा रहेका धेरै समस्याहरू समाधान भइसकेका र ‘जिरो पोइन्ट’ को विवाद पनि छिट्टै टुङ्गोमा पुग्ने चरणमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो । जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज ...
: सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर ...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन् । कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् । एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन् । कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रिम बिक्रम तिमोथी, काठमाडौं ...