मुख्य समाचार
आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा
आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा

। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे ।

पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले राति १०:५२ बजे जित हात पार्दै ११ बजेको कर्फ्यू लागू हुनुभन्दा केवल आठ मिनेटअघि खेल सकाएका थिए । अन्तिम तीन सेट कोर्टको छाना बन्द गरेर खेलाइएको थियो ।

यो जितसँगै जोकोभिच लगातार आठौं पटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन् । साथै, यो उनको ५५औं ग्रान्डस्लाम सेमिफाइनल र विम्बल्डनमा १५औं सेमिफाइनल हो ।



३९ वर्ष ५१ दिनको उमेरमा उनी खुला युगमा विम्बल्डनको सेमिफाइनल पुग्ने दोस्रो सबैभन्दा पाका खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान केन रोजवालको नाममा थियो ।

खेलका क्रममा जोकोभिचले पिँडुलाको समस्याका कारण मेडिकल टाइमआउट समेत लिएका थिए । यद्यपी अनुभव र मानसिक दृढताका बलमा उनले २५ वर्षीय अगेर-अलियासिमेलाई पराजित गरे ।

क्यानडेली खेलाडीले खेलभर २९ एस प्रहार गरे पनि निर्णायक क्षणमा जोकोभिचले उनको ब्याकह्यान्डलाई लगातार निशाना बनाउँदै बाजी मारे ।

खेलपछि जोकोभिचले भने, ‘र्‍याकेट र धेरै ठूलो हृदयका कारण जित सम्भव भयो । यस्ता क्षणहरूकै लागि म अझै टेनिस खेलिरहेको छु। काश यो फाइनल भएको भए भोलि शरीर कस्तो हुन्छ भन्ने चिन्ता गर्नुपर्ने थिएन। अहिले जितेकोमा निकै खुसी छु ।’

उनले आफ्नो १०७औं विम्बल्डन जित छोराछोरी स्टेफन र ताराको उपस्थितिमा हासिल गरेका हुन् । चौथो सेटपछि उनीहरूलाई सुत्न भने पनि नमानेको बताउँदै उनले हाँस्दै भने, ‘उनीहरू बसेकोमा खुसी छु, किनकि यो मेरो करियरमा सेन्टर कोर्टमा खेलेका उत्कृष्ट खेलमध्ये एक थियो ।’

अब जोकोभिचले सेमिफाइनलमा वर्तमान च्याम्पियन तथा विश्व नम्बर एक यानिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन् । गत वर्षको विम्बल्डन सेमिफाइनलमा पनि सिनरले जोकोभिचलाई हराउँदै फाइनल पुगेर उपाधि जितेका थिए ।

२४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिच अब इतिहासमै सर्वाधिक २५ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यबाट केवल दुई जित टाढा छन् । तर उनले अहिले आफूलाई कुनै कीर्तिमानभन्दा पनि सेमिफाइनलमा केन्द्रित रहेको बताए ।

‘यी सबै तथ्यांक र कीर्तिमानहरू करियर सकिएपछि हेर्नेछु । अहिले मेरो ध्यान शुक्रबारको खेलमा छ । अझै प्रतियोगितामै छु र दुई दिनपछि विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम