मुख्य समाचार
नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरुले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा
नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरुले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा

: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरुले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् ।

काठमाडौँको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित उपलव्ध सदस्यहरुको बैठकमा धारणा राख्ने नेताहरुले पार्टी एकता हुन नसके बैकल्पिक शक्ति वा संगठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । बैठकमा पार्टी एकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल भएको उनले बताए ।

उनले पार्टीभित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुर्‍याएको योगदानलाई समेत लिएर अघि बढ्ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गरे । मंगलबार ५ जना नेताहरुले धारणा राखेको र अलमल नगरी छिटो निर्णय गर्नुपर्नेमा जोड दिएको विश्वकर्माले बताए । बैठकले साउन ६ गते बीपी स्मृति दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको विश्वकर्माले जानकारी दिए । बैठक बुधबार पनि जारी रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो । जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज ...
: सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर ...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन् । कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् । एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन् । कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रिम बिक्रम तिमोथी, काठमाडौं ...