मुख्य समाचार
तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट
तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट

। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले उक्त स्थानबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय, तानसेन, पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा गुणस्तरहीन वस्तुको कारोबार कुनै पनि हालतमा स्वीकार्य नहुने प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताए । उनले बजारमा बिक्री–वितरण हुने खाद्य सामग्रीको गुणस्तरमा शंका लागेमा सम्बन्धित निकाय वा प्रहरीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे ।

गुणस्तरहीन पुष्टि भएको उक्त महजस्तो देखिने पदार्थ जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, पत्रकार तथा उद्योग वाणिज्य संघ गुल्मीका प्रतिनिधिहरूको रोहवरमा जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरभित्र खाडल खनी नष्ट गरिएको हो ।

प्रहरीले खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरहीन तथा अखाद्य सामग्रीको बिक्री–वितरण रोक्न नियमित निगरानी र सूचनाका आधारमा कारबाहीलाई निरन्तरता दिने जनाएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने वस्तुको उत्पादन, ओसारपसार तथा बिक्री–वितरणमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नागरिकको सक्रिय सहयोगले मात्रै बजारलाई सुरक्षित र गुणस्तरीय बनाउन सकिने उल्लेख गर्दै शंकास्पद खाद्य वस्तुको कारोबारबारे सूचना प्राप्त हुनासाथ प्रहरी आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ ७ वटा जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ । पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो । यद्यपि, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । विभागले यी चार ...
। निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो। शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रक्तचाप परीक्षण गराएकी थिइन्। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सिंहदरबारभित्रै संचालनमा ल्याइएको बताइएको छ । ...
: मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै सो निर्देशन ...
। बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेषगरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवनरक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अघि बढाएको हो। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणका कारण बजारमा बेलाबेला औषधिको चरम अभाव देखिने गरेको ...
। चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् । टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न र रिर्पोट लिन सकिने उनले ...