मुख्य समाचार
इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

: फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ।

एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो।

खेलको १५ औं मिनेटमा अर्जेन्टिना विरुद्ध इजिप्टले गोल गर्दै अग्रता बनाएको थियो।‌ इजिप्टको लागि एसिर इब्राहिमले हेडर मार्फत गोल गर्दै इजिप्टलाई अग्रतामा ल्याएका थिए।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो। पेनाल्टीमा गोल हुन सकेन। लियोनल मेस्सीले हानेको प्रहार इजिप्टका गोलकिपर मुस्तफा सोबिरले बचाए।‌ ३१ औं मिनेटमा अर्जेन्टिनाले डिबक्स बाहिर फ्री किक पाएको थियो। उक्त फ्रि किक लियोनल मेस्सीले प्रहार गरेका थिए। त्यो प्रहार पनि मुस्तफा बचाए। उनले बायाँ हातले बाहिर पठाइदिए।

इजिप्टको लागि मुस्तफा जीकोले खेलको ६७ औं मिनेटमा दोस्रो गोल गरे। २-० ले अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन।

खेलको ७९ औं मिनेटमा क्रिस्टियन रोमेरोले अर्जेन्टिनाको लागि पहिलो गोल गरे।८३ औं मिनेटमा लियोनल मेस्सीले उत्कृष्ट गोल गरे। मेसीले अर्जेन्टिनाको लागि विश्वकपमा एक्काइसौँ गोल गरे। मेस्सीको गोल सहित खेल बराबरीमा आएको थियो। खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीले २/२ गोल गरेका थिए। निर्धारित ९० मिनेटको इन्जुरी समयमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अवस्थामा ल्याए। अन्तिम मिनेटमा उनले गरेको गोल नै निर्णायक सावित भयो। उत्कृष्ट कमब्याक सहित साविक विजेताले विश्वकपमा आफ्नो यात्रा जारी राखेको हो।

अर्जेन्टिनासँग पराजित हुँदा इजिप्टको भने विश्वकप यात्रा सकिएको छ। अन्तिम १६ को अन्तिम खेल आज राति हुँदैछ जसमा स्विटजरल्यान्ड र कोलम्बियाले खेल्नेछन्। क्वाटर फाइनलका खेलहरू शुक्रबारबाट सुरु हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...