मुख्य समाचार
इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

: फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ।

एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो।

खेलको १५ औं मिनेटमा अर्जेन्टिना विरुद्ध इजिप्टले गोल गर्दै अग्रता बनाएको थियो।‌ इजिप्टको लागि एसिर इब्राहिमले हेडर मार्फत गोल गर्दै इजिप्टलाई अग्रतामा ल्याएका थिए।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो। पेनाल्टीमा गोल हुन सकेन। लियोनल मेस्सीले हानेको प्रहार इजिप्टका गोलकिपर मुस्तफा सोबिरले बचाए।‌ ३१ औं मिनेटमा अर्जेन्टिनाले डिबक्स बाहिर फ्री किक पाएको थियो। उक्त फ्रि किक लियोनल मेस्सीले प्रहार गरेका थिए। त्यो प्रहार पनि मुस्तफा बचाए। उनले बायाँ हातले बाहिर पठाइदिए।

इजिप्टको लागि मुस्तफा जीकोले खेलको ६७ औं मिनेटमा दोस्रो गोल गरे। २-० ले अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन।

खेलको ७९ औं मिनेटमा क्रिस्टियन रोमेरोले अर्जेन्टिनाको लागि पहिलो गोल गरे।८३ औं मिनेटमा लियोनल मेस्सीले उत्कृष्ट गोल गरे। मेसीले अर्जेन्टिनाको लागि विश्वकपमा एक्काइसौँ गोल गरे। मेस्सीको गोल सहित खेल बराबरीमा आएको थियो। खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीले २/२ गोल गरेका थिए। निर्धारित ९० मिनेटको इन्जुरी समयमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अवस्थामा ल्याए। अन्तिम मिनेटमा उनले गरेको गोल नै निर्णायक सावित भयो। उत्कृष्ट कमब्याक सहित साविक विजेताले विश्वकपमा आफ्नो यात्रा जारी राखेको हो।

अर्जेन्टिनासँग पराजित हुँदा इजिप्टको भने विश्वकप यात्रा सकिएको छ। अन्तिम १६ को अन्तिम खेल आज राति हुँदैछ जसमा स्विटजरल्यान्ड र कोलम्बियाले खेल्नेछन्। क्वाटर फाइनलका खेलहरू शुक्रबारबाट सुरु हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम