मुख्य समाचार
कोलम्बियालाई पेनाल्टीमा हराउँदै ७२ वर्षपछि स्विटजरल्यान्ड क्वाटरफाइनलमा
कोलम्बियालाई पेनाल्टीमा हराउँदै ७२ वर्षपछि स्विटजरल्यान्ड क्वाटरफाइनलमा

: फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ।

भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा लम्बिँदा पनि दुवै टोलीले गोल गर्न सकेनन्। जसको फलस्वरूप खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो।

पेनाल्टी सुटआउटमा कोलम्बियाले दुईवटा पेनाल्टी मिस गर्‍यो। कोलम्बियाको लागि जुआन क्विनटेरो, जामिन्टन क्याम्पसज र लुइस डियाजले गोल गरे। जहाँ डेभिन्सन सान्चेजले पेनाल्टी हान्ने क्रममा क्रस बारमा प्रहार गरे। अर्का कुचो हनान्डेजको प्रहार भने गोलकिपरले बचाउ गरिदिए।

स्विट्जरल्यान्डको लागि चार खेलाडीले पेनाल्टीमा गोल गरे जहाँ एक खेलाडीले भने क्रसबरमा माथि हाने। ग्रेनिट जाका, जेकी आम्दोनी,सेड्रिक इटेन र रुबेन वर्गासलर गोल गर्दा म्यानुअल अंकाजीले क्रसबार माथि प्रहार गरे। null

राउन्ड अफ १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डसँग पराजित भएसँगै कोलम्बियाको भन्ने विश्वकप यात्रा सकिएको छ। सन् १९५४ यता विश्वकपको क्वाटरफाइनलसम्म पुग्न नसकेको स्विट्जरल्यान्डले ७२ वर्षपछि पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको छ।

१३ औं पटक विश्वकप खेलिरहेको स्विजरल्यान्डले चौथो पटक क्वाटरफाइनलको यात्रा तय गरेको हो। स्विट्जरल्यान्डले क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम