मुख्य समाचार
कोलम्बियालाई पेनाल्टीमा हराउँदै ७२ वर्षपछि स्विटजरल्यान्ड क्वाटरफाइनलमा
कोलम्बियालाई पेनाल्टीमा हराउँदै ७२ वर्षपछि स्विटजरल्यान्ड क्वाटरफाइनलमा

: फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ।

भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा लम्बिँदा पनि दुवै टोलीले गोल गर्न सकेनन्। जसको फलस्वरूप खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो।

पेनाल्टी सुटआउटमा कोलम्बियाले दुईवटा पेनाल्टी मिस गर्‍यो। कोलम्बियाको लागि जुआन क्विनटेरो, जामिन्टन क्याम्पसज र लुइस डियाजले गोल गरे। जहाँ डेभिन्सन सान्चेजले पेनाल्टी हान्ने क्रममा क्रस बारमा प्रहार गरे। अर्का कुचो हनान्डेजको प्रहार भने गोलकिपरले बचाउ गरिदिए।

स्विट्जरल्यान्डको लागि चार खेलाडीले पेनाल्टीमा गोल गरे जहाँ एक खेलाडीले भने क्रसबरमा माथि हाने। ग्रेनिट जाका, जेकी आम्दोनी,सेड्रिक इटेन र रुबेन वर्गासलर गोल गर्दा म्यानुअल अंकाजीले क्रसबार माथि प्रहार गरे। null

राउन्ड अफ १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डसँग पराजित भएसँगै कोलम्बियाको भन्ने विश्वकप यात्रा सकिएको छ। सन् १९५४ यता विश्वकपको क्वाटरफाइनलसम्म पुग्न नसकेको स्विट्जरल्यान्डले ७२ वर्षपछि पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको छ।

१३ औं पटक विश्वकप खेलिरहेको स्विजरल्यान्डले चौथो पटक क्वाटरफाइनलको यात्रा तय गरेको हो। स्विट्जरल्यान्डले क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...