मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी र कांग्रेसका नेता बालकृष्ण खाँड दोषी ठहर
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी र कांग्रेसका नेता बालकृष्ण खाँड दोषी ठहर

: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनुवाइ गर्दै उनीहरूलाई दोषी ठहर गरेको हो।

अदालतले कांग्रेस नेता खाँडलाई ठगी तथा संगठित अपराध कसूरमा मतियार रहेको ठहर गरेको छ। फैसलाअनुसार गृहमन्त्रीका रूपमा मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको भुटानी शरणार्थी समस्या समाधानसम्बन्धी प्रस्तावमा ‘छुट शरणार्थी दर्ता’को विषय उल्लेख नभएको र २०७८ असोज १४ गते तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले समिति गठन गर्ने निर्णयमा खाँडको प्रत्यक्ष संलग्नता नदेखिए पनि तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र प्रतिवादी केशवप्रसाद दुलालबीच भएको भाइबर संवादमा दुलाललाई मन्त्रीसँग भेट गराउने, मन्त्रीका लागि ‘गिफ्ट’ तथा सामान ल्याउनेबारे कुराकानी भएको देखिएको आदेशमा उल्लेख छ।

खाँडले रकम लिएको प्रत्यक्ष प्रमाण नभेटिए पनि प्रतिवादी आङटावा शेर्पाको बयानमा खाँडका स्वकीय सचिवमार्फत केही रकम फिर्ता गरिएको उल्लेख भएको तथा अनुचित प्रभावमा परी समिति गठनको म्याद र कार्यादेश थप गर्ने निर्णयमा सहभागी भएको देखिएकाले उनलाई ठगी तथा संगठित अपराधमा मतियार ठहर गरिएको अदालतको निष्कर्ष छ।

त्यस्तै अदालतले एमाले नेता रायमाझीलाई ठगी तथा संगठित अपराध कसूरमा दोषी ठहर गरेको छ। फैसलाअनुसार मन्त्रिपरिषद्को निर्णयमा उल्लेख नभएको ‘छुट शरणार्थी’ सम्बन्धी विषयलाई समेट्दै समितिको म्याद थप तथा कार्यादेश विस्तार गर्ने प्रक्रिया अघि बढाइएको थियो। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले २०७९ जेठ २७ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडबाट उक्त प्रस्ताव स्वीकृत गराएको र त्यसअघि पाण्डे तथा केशवप्रसाद दुलालबीच भएको भाइबर संवादबाट समिति गठन र म्याद थपमा प्रत्यक्ष प्रभाव परेको अदालतले ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो । जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज ...
: सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर ...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन् । कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् । एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन् । कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रिम बिक्रम तिमोथी, काठमाडौं ...