मुख्य समाचार
अफगानिस्तानका पूर्वक्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा निधन
अफगानिस्तानका पूर्वक्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा निधन

। अफगानिस्तानका पूर्वक्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि दुर्लभ प्रतिरक्षा प्रणालीसम्बन्धी रोग (एचएलएच) बाट पीडित जद्रानले पछिल्ला केही महिनादेखि भारतको दिल्ली–एनसीआर क्षेत्रमा उपचार गराइरहेका थिए ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै जाद्रान अफगानिस्तान क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिमध्ये एक रहेको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको छ ।




एसीबीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शपूर जाद्रान अफगानिस्तान क्रिकेटको आधार निर्माण गर्ने व्यक्तित्वमध्ये एक थिए । उनको समर्पण, लगाव र अथक मेहनतले देशमा क्रिकेटको विकास र अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण भूमिका खेलेको थियो ।’

सन् २००९ देखि २०२० सम्मको अन्तर्राष्ट्रिय करियरमा जद्रानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४३ विकेट तथा ३६ टी–२० अन्तर्राष्ट्रियमा ३७ विकेट लिएका थिए ।



उनी सन् २०१५ को एकदिवसीय क्रिकेट विश्वकपमा स्कटल्यान्डविरुद्ध अफगानिस्तानले हासिल गरेको ऐतिहासिक जितका नायकमध्ये पनि थिए । उक्त खेलमा उनले विजयी रन प्रहार गर्दै अफगानिस्तानलाई विश्वकप इतिहासकै पहिलो जित दिलाएका थिए ।

एसीबीले जाद्रान केवल उत्कृष्ट खेलाडी मात्र नभई युवा अफगान क्रिकेटरहरूका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनको साहस, संघर्ष र क्रिकेटप्रतिको समर्पण सधैं सम्झिरहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम