मुख्य समाचार
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध

। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची रहे पनि ‘संवेदनशील विषय’ भएको भन्दै मिडियालाई रोक लगाइएको हो।

बैठकमा परराष्ट्रमन्त्री खनालले आफ्ना हालैका छिमेकी मुलुकहरू भारत र चीन भ्रमणका साथै समसामयिक कूटनीतिक विषयहरूमा समितिका सदस्यहरूलाई जानकारी गराएका छन्। ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका विविध आयामबारे उनले समितिलाई अवगत गराएको बताइएको छ।

गम्भीर तथा कूटनीतिक विषयमा खुला छलफल गर्नुपर्ने कारण देखाउँदै समितिले सञ्चारमाध्यमलाई रिपोर्टिङका लागि बैठक कक्षमा प्रवेश अनुमति नदिएको हो।

उक्त छलफलमा परराष्ट्रमन्त्री खनालका साथै परराष्ट्र मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कार्यालयमा सेवाग्राही कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो । आजको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तानिएको मन्त्रालयका सूचना अधिकारी सुनिल साहले जानकारी दिए । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत ...
। सरकारले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन बनाउने तयारी गरेको छ । यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विधेयक तयार पारेर अगाडि बढाएको छ । ‘कृषि विधेयक तयार गरी राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ,’ कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जानकारी दिइन् । मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको ...
। नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा नेपालको आर्थिक रुपान्तरणका लागि बैंकले आफ्नो सहयोगलाई अझै सघन बनाउने बताएका छन् । एडीबी र नेपालबीच ६० वर्षे साझेदारीलाई अझै बलियो बनाउँदै मुलुकको आर्थिक रुपान्तरण, रोजगारी सिर्जना तथा लगानीका लागि अझै सघन सहयोग गर्ने बताएका हुन् । ‘नेपाल अहिले निर्णायक क्षणमा छ, ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षमा प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, सिँचाइ पूर्वाधार र ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमाथिको छलफलमा उठेका ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकमा पूर्व केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले नगरेको दाबी गरेका छन् । मंगलबार इतर समूहले खोलेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा बस्नेतले यस्तो बताएका हुन् । ‘विशेष महाधिवेशन आफ्नै खुसीले गरेका होइनन् । कसैको सहयोगमा गरेका हुन्,’ उनले भने, ‘उनीहरूलाई सहयोगीले सजिलै छोड्नेवाला पनि छैनन् ।’ इतर पक्षका ...