मुख्य समाचार
नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात बढाउने
नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात बढाउने

। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात बढाउने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण गर्ने व्यवस्था गरेको हो ।

हाल विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनको हकमा पनि कर्जा मूल्य अनुपात ६० प्रतिशत तोकिएको छ । यसको अर्थ ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा सुविधा पाउनु हो ।

तर, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय सभाका सांसदहरूले जनसुरक्षा, सुशासन, पूर्वाधार विकास र सामाजिक न्यायका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरूले वन्यजन्तुको आक्रमणदेखि प्रशासनिक बेथिति र विकास निर्माणमा देखिएका सुस्तताका बारेमा सरकारको जवाफ माग गरेका हुन् । सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणबाट आमा–छोराको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त ...
। ललितपुरमा बाटोमा हिँडिरहेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप भएको छ । शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सार्वजनिक स्थलमा अश्लिलता प्रदर्शन गर्न नहुने कसुरमा म्याद थप भएको हो । रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय ...
। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले कर्जाको सहजीकरणका लागि विभिन्न लचिलो व्यवस्था गरेको छ । कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न विशेष नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि सरकारले प्रभावकारी कदम चालिरहेको बताएकी छिन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो बताएकी हुन् । सांसद मदन कुमारी साहले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको मूल्य विश्लेषण प्रतिवेदन २०८२/८३ का आधारमा ...
। गृहमन्त्री सुधन गुरुङले फिल्डको अनुभव र स्थानीय सुझावका आधारमा निरन्तर सुधार कार्य अगाडि बढाउने बताएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै गृहमन्त्री गुरुङले सीमा समस्या, तस्करी लगायतका विषयमा सुधारका लागि आफू जिल्ला जिल्ला पुगेर अनुगमनमा रहेको पनि उनले बताएका हुन् । ‘कि गृह प्रशासनले अब अबको यात्रा कागजी आश्वासन को भाषण होइन जनता जनताले भुइँ तहमा ...