मुख्य समाचार
महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ
महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ

: महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्।

प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो।

बरामद गाँजा तथा ट्रक आवश्यक कारबाहीका लागि महोत्तरी प्रहरीलाई बुझाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा आइतबार बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खानतलासी गर्दा थप ४४६ किलो ७४५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यससँगै बरामद गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको डीएसपी गोलेले जानकारी दिए। बरामद गाँजा, ट्रक तथा पक्राउ परेका नेगी र थिङविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पर्साको ठोरीस्थित नेपाल–भारत सीमा नाका तथा छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याई पर्यटकको आवागमन सहज बनाउन माग गर्दै पर्यटन विकास समिति, ठोरीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। समितिका सचिव रवि पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा ठोरी सीमा नाका ऐतिहासिक, पर्यटकीय तथा आर्थिक दृष्टिले नेपाल–भारतबीचको महत्त्वपूर्ण प्रवेशद्वार रहेको ...
— लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा त्रुटि भएको स्वीकार गर्दै प्रदेश सभा बैठकमा ‘क्षमायाचना’ गरेका छन् । उनले सोमबार बसेको प्रदेश सभाको बैठकको रोष्ट्रममा उभिएर माफी मागेपछि बजेटमाथि छलफल सुरु भएको छ । उनले बजेटमा त्रुटि भएको र केही प्रदेश सभा सदस्यहरूका योजना छुटेको बताए ...
— आर्थिक वर्ष २०८३/०८४ मा १५१ कानुन निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मागेअनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनको नाम बुझाएका हुन् । यसलाई प्राथमिकताक्रम निर्धारण गरेर असारभित्रै संघीय संसद्मा पेस गर्ने कानुन मन्त्रालयको तयारी छ । कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानुनका लागि ...
: झापाको कमलमा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी ४० वर्षीया श्रीमती सरस्वती मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार सोमबार साँझ करिब ७:५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाइरहेका बेला कोब्रा सर्पले उनलाई डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि ...
— पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा जोड दिएका ...