मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप
कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप

: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप लगाएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अधिकतम प्रयास गरिए पनि पार्टी एकता हुन नसकेको बताए।

'पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाइएको छ। प्रयास गरिँदै आएको छ। तर, ५ महिना बित्दा पनि कुनै परिणाम देखिएको छैन। संस्थापन पक्षले एकताका लागि कुनै सार्थकता देखाएको छैन,' सञ्चारकर्मीसँग उनले भने।

उनले १५औं महाधिवेशनमा सँगसँगै जानसक्ने अवस्था नभएको बताए। नेता विश्वकर्माले एकताले सार्थकता नपाए वैकल्पिक बाटोमा पनि जान सकिने बताए। 'वैकल्पिक बाटोमा जाने विषयमा पनि छलफल भइरहेको छ। सभापति र उपसभापतिले नै एकता भाँड्न उद्धत हुनुहुन्छ। यसले सँगै जानसक्ने अवस्था देखिएको छैन,' उनले भने।

संस्थापन इतर समूहले १५औं महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ। त्यस्तै बीपी जयन्ती मनाउने तयारी पनि गरिरहेको नेता विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पर्साको ठोरीस्थित नेपाल–भारत सीमा नाका तथा छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याई पर्यटकको आवागमन सहज बनाउन माग गर्दै पर्यटन विकास समिति, ठोरीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। समितिका सचिव रवि पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा ठोरी सीमा नाका ऐतिहासिक, पर्यटकीय तथा आर्थिक दृष्टिले नेपाल–भारतबीचको महत्त्वपूर्ण प्रवेशद्वार रहेको ...
— लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा त्रुटि भएको स्वीकार गर्दै प्रदेश सभा बैठकमा ‘क्षमायाचना’ गरेका छन् । उनले सोमबार बसेको प्रदेश सभाको बैठकको रोष्ट्रममा उभिएर माफी मागेपछि बजेटमाथि छलफल सुरु भएको छ । उनले बजेटमा त्रुटि भएको र केही प्रदेश सभा सदस्यहरूका योजना छुटेको बताए ...
— आर्थिक वर्ष २०८३/०८४ मा १५१ कानुन निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मागेअनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनको नाम बुझाएका हुन् । यसलाई प्राथमिकताक्रम निर्धारण गरेर असारभित्रै संघीय संसद्मा पेस गर्ने कानुन मन्त्रालयको तयारी छ । कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानुनका लागि ...
: झापाको कमलमा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी ४० वर्षीया श्रीमती सरस्वती मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार सोमबार साँझ करिब ७:५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाइरहेका बेला कोब्रा सर्पले उनलाई डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि ...
— पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा जोड दिएका ...