मुख्य समाचार
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ

— वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ। मुसुरो, सिमी–राज्मा, रहर र अन्य गेडागुडीको आयात घट्दा केराउ र बकुल्लाको आयात भने बढेको देखिएको छ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आवको जेठसम्म ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको मुसुरो, सिमी–राजमा, चना, अन्य गेडागुडी, रहर, केराउ र बकुल्ला गरी ९ करोड १३ लाख ६० हजार ९ सय ५६ किलो दलहन आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबर १० करोड १० लाख २९ हजार ६ सय १४ किलो दलहन आयात भएका थिए, । यसरी परिमाणतर्फ ९६ लाख ६८ हजार ६ सय ५८ किलो तथा मूल्यतर्फ करिब १ अर्ब ८१ करोड रुपैयाँले कमी आएको छ। मूल्यका आधारमा आयात १७ प्रतिशतले घटेको हो।

सबैभन्दा धेरै मुसुरोको आयात घटेको छ। चालु आवमा ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको ४ करोड १२ लाख किलो मुसुरो आयात भएको छ। गत आवको सोही अवधिमा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४ करोड ८५ लाख किलो मुसुरो आयात भएको थियो। यसअनुसार मुसुरोको मूल्य २२ प्रतिशतले घटेको छ।
सिमी–राज्माको आयात पनि उल्लेख्य रूपमा घटेको छ।

गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ३२ लाख किलो सिमी राज्मा आयात भएकोमा यस वर्ष २ अर्ब ३३ करोड रुपैयाँ बराबरको १ करोड ९१ लाख किलो सिमी राज्मा आयात भएको छ। जुन गत वर्षको तुलनामा २० प्रतिशत कम हो।

चनाको आयात परिमाणमा केही बढे पनि मूल्यमा चार प्रतिशतले घटेको छ। चालु आवमा २ अर्ब १८ करोड रुपैयाँको २ करोड ४२ लाख ७६ हजार ३ सय ३१ किलो चना आयात भएको छ। गत वर्ष २ अर्ब २८ करोड रुपैयाँ बराबरको २ करोड २७ लाख किलो चना आयात भएको थियो।

रहरको आयात मूल्य पाँच प्रतिशतले घटेको छ। चालु आवमा ३२ करोड २५ लाख रुपैयाँ बराबरको २८ लाख २८ हजार किलो रहर आयात हुँदा गत वर्ष ३५ करोड १८ लाख रुपैया बराबरको २७ लाख १६ हजार किलो रहर आयात भएको थियो।

अन्य गेडागुडीको आयातमा पनि १३ प्रतिशतले कमी आएको छ। यसको विपरीत केराउको आयात मूल्य १५० प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड २६ लाख रुपैया बराबरको ३८ हजार किलो केराउ आयात भएको थियो । यस वर्ष ८ करोड ३९ लाख रुपैया बराबरको ३ लाख ६५ हजार किलो केराउ आयात भइसकेको छ ।
बकुल्लाको आयात पनि उल्लेख्य रूपमा बढेको छ।
गत वर्ष १७ हजार ७० हजार किलो आयात भएको बकुल्ला यस वर्ष ९३ हजार ८ सय ४० किलो आयात भएको छ। यसको मूल्य ५२५ प्रतिशतले वृद्धि भएको भन्सार तथ्यांकले देखाएको छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढाव, मागमा आएको परिवर्तन तथा वैकल्पिक खाद्यान्नको प्रयोग बढेकाले केही दलहनको आयातमा कमी आएको बताउँछन् । यद्यपि बजारको मागका आधारमा केराउ र बकुल्लाजस्ता दलहनको आयात भने बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...