मुख्य समाचार
नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्तामाथि हस्तक्षेप गरेको अराोप
नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्तामाथि हस्तक्षेप गरेको अराोप

: नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्तामाथि हस्तक्षेप गरेको अराोप लगाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले सरकारको सय दिने कार्यकाल र शिक्षा क्षेत्रको समिक्षा सार्वजनिक गर्दै एकैपटक १५ वटा विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको आरोप लगाएको हो ।

शिक्षा सेवा आयोगको प्रतिवेदनमा ’बोर्ड अफ ट्रष्टी’ बनाएर उपकुलपति नियुक्त गर्ने भनिए पनि, कुनै ’बोर्ड अफ ट्रष्टी’ नबनाई सिधै प्रधानमन्त्री मातहत रहने गरी भागबण्डा र राजनीतिक नियुक्तिको दोहोरो मापदण्ड अपनाइएको नेविसंघको ठहर छ ।

नेविसंघकी अध्यक्ष करुणा कटुवालले शिक्षा क्षेत्रमा गरेको हस्तक्षेपका कारण सरकारको सय दिन 'अवसर गुम्ने १०० दिन'का रूपमा सावित हुन पुगेको बताइन् । उनले अध्ययन विदामा बसेर राज्यलाई नोक्सानी पुराएका त्रिभुवन विश्वविद्यालयका ३९८ जना प्राध्यापकहरूलाई कानुनी दायरामा ल्याएर १३ करोड २६ लाख रुपैयाँ रकम फिर्ता गराउने कामको प्रशंसा गरिन्।

तर, विद्यार्थीको मौलिक हक,शिक्षा समता शुल्कलगायतका क्षेत्रमा सरकार चुकेको उनको भनाइ छ । उनले ६० वा ४० दिनभित्र नतिजा प्रकाशन गर्ने सरकारको क्यालेन्डर प्रशंसनीय भए पनि हतारमा नतिजा निकाल्दा धेरै संख्यामा विद्यार्थीहरूको ग्रेडमा त्रुटि हुन पुगेको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुर र लुम्बिनी प्रदेशको बर्दिया गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा निर्माण समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुलहरू निर्माणमा ख्याति कमाएको रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०७९ पुस १७ गते ठेक्का सम्झौता गरी २०८१ वैशाख २ गतेबाट निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न भएको हो। कम्पनीले ४५ महिनाभित्र निर्माण ...
— भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५ सय दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाइन् । काठमाडौं ...
: घरधनीहरुको विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम सोमबारदेखि प्रहरी परिचालन गरेर फेरि सुचारु गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक) को सडक सीमा क्षेत्र (दायाँ–बायाँ २५/२५ मिटर)मा रहेका संरचनाहरु दोस्रो चरणमा गत शुक्रबारदेखि हटाउन थालिएकोमा जग्गाधनीहरुको विरोधका कारण रोकिएको थियो। गत शुक्रबार बिहान गण्डकदेखि डोजर ...
— प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको सकारात्मक कामको प्रशंसा गर्न आफ्नो पार्टीले कन्जुस्याइँ नगर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर उनले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिने बताए । सांसद आङ्देम्बेले भने, 'सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय ...
: महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्। प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव ...