मुख्य समाचार
आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव
आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव

: आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पूर्वगभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेटनुपर्नेमा जोड दिए।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले मुलुकको खस्कँदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राखे। वित्तीय नीति र मौद्रिक नीतिको तादम्यता हुनुपर्नेमा जोड दिँदै उनले केन्द्रीय बैंकको स्वायत्ततालाई कायम राख्नुपर्ने बताए। पूर्वगभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरे।

पछिल्लो अवस्थालाई ख्याल गर्दा केन्द्रीय बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार नभएको उनको भनाइ थियो। उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउनु जरुरी भएको उल्लेख गरे।
उनले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताका नाममा हटाउन नहुने तर्क गरे। पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताए।
मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भएकाले सोहीअनुसार नै जिम्मेवारी पूरा गर्ने उनको भनाइ थियो। बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्न उनले सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने बताए। मुलुकको अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार भएका खण्डमा धेरै सहज हुने उनको भनाइ थियो।

देशमा रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने भएकाले निजी क्षेत्रलाई साथ र सहयोग जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंक तथा वित्तीय संस्था समस्यामा जानु भनेको मुलुक पनि समस्यामा जानु हो भन्ने बुझेर मौद्रिक नीति तय गर्नुपर्ने धारणा राखे।

परिस्थितिका कारण बैंकको साँवा र ब्याज तिर्न नसक्ने र जानाजान नतिर्नेहरूको वर्गीकरण हुनुपर्ने उनको भनाइ थियो। बैंकिङ प्रक्रियालाई सरल बनाउनका लागि उनले कानुनी सुधारको आवश्यकता औंल्याए।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला दिनमा देखा परेको आर्थिक शिथिलतालाई ख्याल गरेर नीति तय हुनुपर्ने बताए। अध्यक्ष कोइरालाले कर्जा नोक्सानीसम्बन्धी प्रावधानमा केही परिमार्जन जरुरी रहेको उल्लेख गरे।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष प्रचण्ड श्रेष्ठले बैंकिङ क्षेत्र अहिले समस्यामा रहेकाले केन्द्रीय बैंकले थप अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तर्क गरे। सूक्ष्म निगरानी र खराब कर्जाको वर्गीकरणमा हुने थोरै लचकताले पनि बजारमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो। परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरे, अर्थतन्त्रका जानकार नरबहादुर थापालगायतले समयानुकूल मौद्रिक नीतिको आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुन नसक्ने बताएका छन्। सोमबार प्रतिनिधसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन नसकेको भन्दै संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि छेडखानी ...
: सांसद रमेश मल्लले फिफाले एन्फालाई निलम्बन गर्दा राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले नेपालको फुटबलमाथि फिफाको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन्। उनले यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी गरे। ‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम ...
: नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्तामाथि हस्तक्षेप गरेको अराोप लगाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले सरकारको सय दिने कार्यकाल र शिक्षा क्षेत्रको समिक्षा सार्वजनिक गर्दै एकैपटक १५ वटा विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको आरोप लगाएको हो । शिक्षा सेवा आयोगको प्रतिवेदनमा ’बोर्ड अफ ट्रष्टी’ ...
: मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गरेका छन्। सोमबार राति ग्रामथान–६ झोवावनीमा २० वर्षीया सीमा राजवंशीको हत्या भएको हो। मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक सीमा स्थानीय कपिल खवासकी पत्नी हुन्। प्रारम्भिक अनुसन्धानबाट २१ वर्षीय देवर सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर उनको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार ...
: राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले स्वास्थ्य सेवा योगदान गर्ने इन्टर्न चिकित्सकलाई समान कामका लागि समान पारिश्रमिक सुनिश्चित गर्न माग गरेकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको उल्लेख गरेकी हुन्। चिकित्सकहरूको श्रमको निरन्तर शोषण हुँदा ठूलो संख्यामा दक्ष चिकित्सकहरू विदेश पलायन भइरहेको ...