मुख्य समाचार
अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश
अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश

: फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको हो।

खेलको पहिलो हाफमा बेल्जियमले २-१ अग्रता लिएको थियो। दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। बेल्जियमको लागि खेलको नवौं मिनेटमा चार्ल्स डे‌ केटेलैरेले निकोलस रस्किनको असिस्टमा गोल गरे।

खेलको ३१ औं मिनेटमा अमेरिकाको लागि मलिक तिलमेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अमेरिकाले बराबरी गोल फर्काएको दोस्रो मिनेटमै बेल्जियमले पुनः अग्रता बनायो। बेल्जियमको लागिचार्ल्स डे‌ केटेलैरेले दोस्रो गोल गरे।

दोस्रो हाफमा बेल्जियमले तेस्रो गोल गर्यो। खेलको ५७ औं मिनेटमा हंस वनाकेनले गोलकिपरलाई बिट गर्दै गोल गरे।

निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई ४-१ को अवस्थामा ल्याए र यही गोल नै अमेरिका विरुद्ध गरेको अन्तिम गोल भयो।

बेल्जियमसँग पराजित हुँदा घरेलु टोली अमेरिकाको भने विश्वकप यात्रा सकिएको छ। बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम