मुख्य समाचार
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिए
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिए

। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ ।

विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो । अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको छ । उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएकोले थप सजायको राय तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक ...