मुख्य समाचार
बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ
बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ

। ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्ट सरकारी कर्मचारी हुन् । ‘उनी शिक्षा क्षेत्रको अधिकृत स्तरको सरकारी कर्मचारी रहेको पाइएको छ’ एक प्रहरीले अनलाइनखबरसँग भने ।

सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

त्यसपछि खोजी सुरु गरेको प्रहरीले उनलाई पक्राउ गरेको हो । आफूमाथि अशिलल हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेकी थिइन् । त्यसपछि उक्त भिडियो सार्वजनिक गर्दै पक्राउ गर्न आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...