मुख्य समाचार
सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी
सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी

। सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको

पर्यटन ऐन तथा नियमावलीमा सात मिटर माथिको हिमाल नचढी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागिएको जानकारी गराए ।

सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताए । हिमाललाई मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

एउटै मात्र क्षेत्रमा प्रवर्द्धन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिए ।

त्यस्तै मन्त्री पौडेलले लक्ष्य अनुसार पर्यटक भित्राउन गारो भए पनि हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए ।

पर्यटन प्रवर्द्धनका लागि सरकारी, निजी, गैर–सरकारी, दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...