मुख्य समाचार
नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले २ वटा विद्युतीय सबस्टेसनको उद्घाटन
नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले २ वटा विद्युतीय सबस्टेसनको उद्घाटन

। नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले २ वटा विद्युतीय सबस्टेसनको उद्घाटन गरेका छन् । अध्यक्ष कान्दाले भर्चुअल रूपमा मार्कीचोक र मुलपानी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री विराजभक्त श्रेष्ठ, नेपालका लागि नर्वेकी राजदूत डाग्नी म्योस र अध्यक्ष कान्दाले संयुक्त रूपमा सबस्टेसनको उद्घाटन गरे ।

दुई सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकासहित उच्च विद्युत् माग भएका प्रमुख क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरिएको छ ।

वितरण प्रणालीको क्षमता वृद्धि, विद्युत् आपूर्तिको स्थायित्व तथा प्रणालीको विश्वसनीयता अभिवृद्धिमा पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास अध्यक्ष कान्दाले गरेका छन् ।

अध्यक्ष कान्दाले नेपाल विद्युत् प्राधिकरणको वितरण कमाण्ड तथा कन्ट्रोल सेन्टर र एडीबीको वित्तीय सहयोगमा निर्माण गरिएको डेटा सेन्टरको अवलोकन समेत गरेका छन् । विद्युत् प्रणालीलाई आधुनिक र विश्वसनीय बनाउन यस्ता पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

डेटा सेन्टरको अवलोनकपछि अध्यक्ष कान्दाले वास्तविक समयमा विद्युत् प्रणालीको निगरानी तथा प्रभावकारी डेटा व्यवस्थापनमार्फत नेपालको विद्युत् प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

उनले यस्ता पूर्वाधार विकासले नेपालमा स्वच्छ ऊर्जा क्षेत्रको विस्तारसँगै सीमापार विद्युत् व्यापारका लागि आवश्यक आधार तयार पारिरहेको बताए । एडीबीले आगामी दिनमा पनि नेपालको स्वच्छ ऊर्जा विकास, ऊर्जा पूर्वाधार विस्तार तथा दक्षिण एसियामा क्षेत्रीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

देशको विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यका साथ निर्माण सम्पन्न भएका मुलपानी १३२ केभी र मार्कीचोक २२० केभी सबस्टेसनको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलपानी १३२ केभी र मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा आएसँगै नेपालको विद्युत् प्रसारण प्रणाली थप मजबुत, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले प्रसारण पूर्वाधारको विस्तारले विद्युत् आपूर्तिको गुणस्तर सुधार्नुका साथै बढ्दो ऊर्जा माग व्यवस्थापन गर्न सहज भूमिका खेल्ने बताए ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भइरहेको लगानी र आधुनिक पूर्वाधार विकासले नेपालको ऊर्जा सुरक्षालाई थप सुदृढ बनाउने उल्लेख गर्दै यसले आर्थिक समृद्धि, औद्योगिक विकास तथा दिगो विकासका लक्ष्य हासिल गर्न योगदान पुर्‍याउने धारणा राखे ।

सरकार ऊर्जा पूर्वाधार विस्तार, प्रसारण प्रणालीको आधुनिकीकरण तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत ‘समृद्ध नेपाल’ निर्माणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उनले बताए ।

एडीबीको सहयोगमा नेपालमा प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण, सबस्टेसन निर्माण, स्मार्ट प्रणाली विकास तथा ऊर्जा पूर्वाधार विस्तारका विभिन्न परियोजनाहरू कार्यान्वयन भइरहेका छन् । मार्कीचोक र मुलपानी सबस्टेसनको सञ्चालनलाई ती प्रयासकै महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...
। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक ...