मुख्य समाचार
मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित
मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित

। मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित बनाएको छ। यस नयाँ अपडेट अन्तर्गत एआईद्वारा अटोमेटेड रूपमा तयार हुने बाइलिङ्गुअल क्याप्सन, परिष्कृत क्रिएटिभ टेम्पलेट र नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएका छन्।

यस हप्ताको सबैभन्दा मुख्य अपडेट एआईबाट चल्ने ‘अटो-जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ हो । जसले क्रिएटरहरूलाई नयाँ अन्तर्राष्ट्रिय बजार र दर्शकहरूमाझ पुग्न ठूलो मद्दत गर्नेछ। यो फिचरले अंग्रेजी, हिन्दी, स्पेनी, फ्रान्सेली, बङ्गाली लगायत विभिन्न १५ वटा भाषाहरूमा टेक्स्ट (क्याप्सन) उपलब्ध गराउनेछ । जसले भिडियोको पहुँचलाई विश्वव्यापी रूपमा विस्तार गर्ने क्षमता राख्दछ।

एडिट्स एपसँग सिधै जोडिएको इन्स्टाग्रामले पनि विदेशी क्रिएटरहरूका सामग्रीलाई बढी एक्सपोजर दिनका लागि ‘एक्सप्लोर फिड’ मा बढी भन्दा बढी अनुवादित पोस्टहरू देखाउने काम गरिरहेको छ। यो नयाँ अपडेटलाई सोही अभियानको अर्को सकारात्मक कदमको रूपमा हेरिएको छ।

यसका साथै मेटाले एडिट्स एपमा नयाँ ‘सिजनल साउन्ड इफेक्ट्स’ को विकल्प पनि थपेको छ। कम्पनीका अनुसार यी नयाँ ध्वनिहरूले प्रयोगकर्ताहरूलाई आफ्ना भिडियो क्लिपहरूमा ‘समर इनर्जी’ थप्न मद्दत गर्नेछन्।

मेटाले टेम्पलेट निर्माण प्रक्रियालाई अझ सृजनात्मक बनाउनका लागि नयाँ टुलहरू पनि थपेको छ । जसमा ओभरलेको विस्तारित सपोर्ट र क्लिप लक फिचर सामेल छन्। मेटाले यसको व्याख्या गर्दै भनेको छ कि जब प्रयोगकर्ताले कुनै क्लिपलाई लक गर्छन्, त्यो निश्चित स्थानमा स्थिर रहन्छ र भविष्यमा जसले उक्त टेम्पलेट पुन: प्रयोग गरे पनि त्यो सहजै स्थानान्तरण हुन्छ।

यसले गर्दा क्रिएटरहरूबीच चलिरहेका नयाँ ट्रेन्डहरू र सिर्जनात्मक शैलीहरूलाई पछ्याउन अझ सजिलो हुनेछ र धेरै प्रयोगकर्ताहरू आफ्नै भिडियो अपडेटहरू पोस्ट गर्न प्रोत्साहित हुनेछन्।

मेटाले हरेक दुई हप्तामा एडिट्स एपमा नयाँ-नयाँ फिचरहरू थपिरहेको छ, जसका कारण यसको कार्यक्षमता लगातार बढिरहेको छ। शर्ट भिडियो वा रिल्स् बनाउने क्रिएटरहरूका लागि आफ्नो भिडियोको गुणस्तर र प्रस्तुति उत्कृष्ट बनाउनका लागि यी प्रविधिहरू निकै उपयोगी साबित हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...