मुख्य समाचार
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाए
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाए

। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो ।

त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको कार्यालयको अनुमान छ । चालु आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ ।

कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको कार्यालयले जनाएको छ । चालु आवको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गीकरण मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको कार्यालयको अनुमान छ ।

ती मध्ये विद्युत तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गीकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशः १०. २७ प्रतिशत, ७.८३ प्रतिशत र ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक देखिन्छ । त्यसैगरी, अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गीकरणमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यासको ६.८७ प्रतिशत र यस क्षेत्रलाई पछ्याउँदै खानी तथा उत्खनन्को २.२३ र थोक तथा खुद्रा व्यापारको २.०२ प्रतिशत रहेको छ ।

आवास तथा भोजन, बैंक तथा बीमा र औद्योगिक उत्पादन क्रमशः २.३०, १.०७ र ०.८३ प्रतिशत ऋणात्मक वृद्धि भएको देखिन्छ । बाँकी अन्य औद्योगिक वर्गीकरणको वृद्धिदर सामान्य रहेको देखिन्छ । यसरी आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा भन्दा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धि ०.५८ प्रतिशत भएको प्रारम्भिक अनुमान कार्यालयको छ ।

कार्यालयका अनुसार चालु आवको दोस्रो त्रैमासमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रहेकोमा तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब पुगेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...