मुख्य समाचार
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाए
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाए

। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो ।

त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको कार्यालयको अनुमान छ । चालु आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ ।

कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको कार्यालयले जनाएको छ । चालु आवको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गीकरण मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको कार्यालयको अनुमान छ ।

ती मध्ये विद्युत तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गीकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशः १०. २७ प्रतिशत, ७.८३ प्रतिशत र ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक देखिन्छ । त्यसैगरी, अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गीकरणमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यासको ६.८७ प्रतिशत र यस क्षेत्रलाई पछ्याउँदै खानी तथा उत्खनन्को २.२३ र थोक तथा खुद्रा व्यापारको २.०२ प्रतिशत रहेको छ ।

आवास तथा भोजन, बैंक तथा बीमा र औद्योगिक उत्पादन क्रमशः २.३०, १.०७ र ०.८३ प्रतिशत ऋणात्मक वृद्धि भएको देखिन्छ । बाँकी अन्य औद्योगिक वर्गीकरणको वृद्धिदर सामान्य रहेको देखिन्छ । यसरी आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा भन्दा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धि ०.५८ प्रतिशत भएको प्रारम्भिक अनुमान कार्यालयको छ ।

कार्यालयका अनुसार चालु आवको दोस्रो त्रैमासमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रहेकोमा तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब पुगेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम