मुख्य समाचार
अवैध ओसारपसारबाट अमेरिका पुर्‍याएका दुई मूर्तिहरू स्वदेश फर्काइएको छ
अवैध ओसारपसारबाट अमेरिका पुर्‍याएका दुई मूर्तिहरू स्वदेश फर्काइएको छ

। अवैध ओसारपसारबाट अमेरिका पुर्‍याएका दुई मूर्तिहरू स्वदेश फर्काइएको छ । फर्काइएका सम्पदामा १३औँ शताब्दीको सुनले जलप गरिएको कांस्य पद्मपाणी मूर्ति र १६औँ शताब्दीको बहुरङ्गी काठबाट निर्मित नृत्यदेवीको मूर्ति रहेका छन्।

यी अमूल्य सांस्कृतिक सम्पदाको फिर्तासँगै सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण तथा धार्मिक एवं ऐतिहासिक वस्तुहरूलाई तिनको मौलिक समुदायमा पुनःस्थापना गर्ने विषयमा नेपाल र अमेरिकाबीचको दीर्घकालीन सहकार्य थप सुदृढ भएको अमेरिकी राजदूतावासले जनाएको छ ।

हालै लागू भएको अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौताले यस सहकार्यलाई अझ प्रभावकारी बनाउने दूतावासको नोटमा उल्लेख छ ।

सम्झौताले अनुसन्धानमा सहकार्य, अवैध तस्करी रोकथाम तथा नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणका लागि दुवै देशबीच संयुक्त प्रयासलाई थप मजबुत आधार प्रदान गर्ने जनाइएको छ।

अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले हालसम्म अमेरिकाबाट नेपालका १२७ वटा पुरातात्त्विक सम्पदा स्वदेश फिर्ता गरिसकिएको जानकारी दिए।

उनका अनुसार यी दुई पवित्र मूर्तिको पुनःस्थापनाले आपराधिक अनुसन्धान, कूटनीतिक समन्वय र समुदायको सक्रियतामार्फत पुरातात्त्विक सम्पदाको अवैध तस्करी नियन्त्रण गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

उनले नयाँ अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौताले भविष्यका अनुसन्धानलाई सहयोग पुर्‍याउने, अवैध तस्करी नियन्त्रण गर्ने तथा नेपालको अमूल्य सांस्कृतिक सम्पदालाई गैरकानुनी बजारमा पुग्नबाट जोगाउन थप बलियो आधार तयार गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट ...
। सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस ...
। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ । २२ असार, काठमाडौं ...
। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भएको भान भएको बताएका छन् । ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रको महत्वपूर्ण ...