मुख्य समाचार
पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी
पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी

। पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशकामन्त्रीलाई पनि थुन्ने चेतावनी दिएका हुन् ।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी’, उनले जसरी पनि काम गर्नु र हुनुपर्ने बताए ।

यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन् । उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा छ्याप्पछ्याप्ती छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम थियो । त्यहाँ उनले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उल्लेख गरेका थिए ।

उनले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने विषयमा जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह पनि गरे । ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भएको भान भएको बताएका छन् । ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रको महत्वपूर्ण ...
। नेपाली कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराएका छन्। बैठकमा खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको बताएका छन्। सातबुँदे प्रस्तावको लिखित जवाफ आफूले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको पनि बताए । ...
। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले प्रतिष्ठानको आइतबार संयुक्त अनुगमनपछि यस्तो निर्णय गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका हुन् । प्रतिष्ठानमा स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका ...
। यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ...
। ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्ट सरकारी कर्मचारी हुन् । ‘उनी शिक्षा क्षेत्रको अधिकृत स्तरको ...