मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन
गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन

। गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् ।

प्रतिष्ठान परिसरमा रहेको १० वटा आलिसान भवन निर्वाणा कन्ट्री क्लबले ५० वर्षका लागि ठेक्का लिएको थियो । अस्पताल परिसरमा रहेको गल्फ क्लब पनि सोही कम्पनीले २० वर्षका लागि ठेक्का लिएको थियो ।

तर, कोरोना महामारीपछि क्लब बन्द गरेर सञ्चाल शशीराम भण्डारी सम्पर्क बाहिर छन् । निर्वाणाले छाडेपछि गल्फ क्लबको व्यवस्थापन भने धरान गल्फ क्लबले गरिरहेको छ । ब्रिटिसका लागि निर्माण गरिएको १० वटा भवन र गल्फ क्लब प्रतिष्ठान भन्दा पुरानो हो ।

कुनै समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउ अभियान सञ्चालन गरेका गुरुङले अस्पतालको जग्गा अतिक्रमण भएको विषयमा चासो राखेपछि निर्वाणा कन्ट्रीको विषय बाहिर आएको थियो । लगतै उनले सम्झौता तोडेर अघि बढन निर्देशन दिए ।

उनको निर्देशनपछि सुरक्षा निकाय र प्रतिष्ठान व्यवस्थापन समितिले निर्वाणा कन्ट्रीले ठेक्का लिएको क्षेत्र निरीक्षण गरेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार गृहमन्त्रीको चासोपछि सुरक्षा निकायसहितको टोलीले निरीक्षण गरेको हो

बन्द अवस्थामा रहेको कन्ट्रीको बक्यौता रहेको बताउँदै उनले कानुनी कारबाहीका विषयमा थप छलफल गरी निर्णयमा पुगिने बताए । ‘मन्त्रीज्यू आएपछि अस्पतालको सेवा प्रवाह र समग्र विषयमा छलफल भयो,’ उनले भने,‘ उहाँको निर्देशनपछि अतिक्रमित संरचना हटाउने विषयमा अस्पताल प्रशासनसँग छललफल भयो ।’

धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राईले निर्वाणा कन्ट्रीले छाडेपछि गल्फ क्लब धरान गल्फ क्लबले रेखदेख गरिरहेको बताए । उनका अनुसार क्लब विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भन्दा पुरानो हो ।

‘ब्रिटिसका लागि बनाइएको १० वटा घर गल्फ कोर्ष निर्वाणा कन्ट्री क्लबले लिजमा लिएको थियो, उसले छाडेपछि धरान गल्फ क्लबले मेन्टेनेन्स गरेर गेम खेलिरहेका छौं,’ उनले भने,‘ निर्वाणा कन्ट्रीले छाडेको दुई वर्ष भयो, तर मुद्दा हालेको छ भन्ने सुनेको छु ।’

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति इन्द्र लिम्बुका अनुसार निर्वाणा कन्ट्री ठेक्का लिएको होटल र गल्फ क्लब बक्यौता बुझाएको छैन । गृहमन्त्रीको निर्देशनपछि कसरी अघि बढ्ने भन्ने विषयमा गृहकार्य सुरु भएको उनले बताए । उनका अनुसार सम्झौता तोडेर थप प्रक्रिया अघि बढाइनेछ ।

अनुगमनका क्रममा गृहमन्त्रीले अस्पताल परिसरमा रहेको मातृस्वास्थ्य (एमसीएच)भवन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए । करिब ३ अर्ब लागतमा निर्माण भएको यो भवन प्रयोगमा आएको छैन । यो भवन ४०० शय्याको छ ।

गृहमन्त्री गुरुङले तत्काल एमआरआइ सेवा सुरु गर्न पनि निर्देशन दिए । स्वास्थ्य उपचारमा नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका उनले विपि प्रतिष्ठानको गरिमा बढाउन पनि निर्देशन दिए ।

प्रतिष्ठानको संरचना अतिक्रमण भएको विषयमा छलफलपछि गृहमन्त्री गुरुङ आइतबार बेलुका कोशी अस्पताल विराटनगर आएका थिए । अस्पतालको अतिक्रमित संरचनाको निरीक्षणपछि उनले सरोकारवाला निकायसँग छलफल गरे ।

छलफलपछि कोशी अस्पतालको पनि अतिक्रमित संरचना खाली गर्न निर्देशन दिएका छन् । शनिबार स्वास्थ्य मन्त्री निशा मेहताले कोशी अस्पतालको अनुगमन गरेकी थिइन् । गत ५ असारमा कोशी अस्पताल प्रशासनले अतिक्रमित संरचना खाली गर्न १५ दिने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिए । उनका अनुसार बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगको भेटमा घटनाप्रति दु:ख व्यक्त गर्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन् । राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि ...
। सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए । यस जितसँगै उनले ...
। नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेर बेपत्ता भएका कर्मचारीलाई सेवाबाट हटाउन सुरु गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत दुई जना कर्मचारीलाई बर्खास्त गर्दै मन्त्रालयले कारबाही सुरुवात गरेको हो । कृषिमन्त्री तथा नार्ककी अध्यक्ष गीता चौधरीले दरबन्दी मात्र ओगटेर कार्यालय नआउने कर्मचारीलाई हटाउने कदम अगाडि बढाएकी हुन् । बर्खास्तमा ...