मुख्य समाचार
नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय
नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय

। नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
यस्तो छ विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्यो । उक्त बैठकले नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तोकिएको समयावधी भित्र स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्ने प्रयोजनका लागि यस पूर्व केन्द्रीय निर्वाचन समितिमा रहनु भएका संयोजकज्यू, सदस्यज्यूहरु तथा निर्वाचन अधिकृतको भूमिकामा रहनु भएका आदरणीय व्यक्तित्वहरुको अनुभव, राय सल्लाह, सुझाव लिदै सरोकारवाला सबै समुहलाई सकारात्मक सहयोगको लागि अनुरोध गर्दै देहाय बमोजिमको निर्णय गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष जानकारीका लागि पेश गर्ने निर्णय गर्दछ :

बैठकको निर्णय

१. नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ । साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन अर्थात पेपरलेस प्रविधि वा इ.भि. एम. प्रविधिलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णय गर्दछ ।

२. निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय गर्दछ ।

३. निर्वाचन कार्यमा काठमाडौं उपत्यकाभित्र रहेका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत, त्यसैगरी उक्त जिल्लाहरु अन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकाहरुमा महिला कानुन व्यवसायीहरुलाई निर्वाचन अधिकृतको रुपमा प्राथमिकताका साथ खटाइने निर्णय गर्दछ ।

४. निर्वाचन कार्यमा स्वयंसेवकको रुपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समुहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरुलाई अभिमुखीकरण (Orientation) कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रुपमा खटाउने निर्णय गर्दछ ।

राजु कटुवाल
सदस्य सचिव

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिए । उनका अनुसार बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति ...
। गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् । प्रतिष्ठान परिसरमा रहेको १० वटा आलिसान भवन निर्वाणा कन्ट्री क्लबले ५० वर्षका लागि ठेक्का ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगको भेटमा घटनाप्रति दु:ख व्यक्त गर्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन् । राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि ...
। सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए । यस जितसँगै उनले ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेर बेपत्ता भएका कर्मचारीलाई सेवाबाट हटाउन सुरु गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत दुई जना कर्मचारीलाई बर्खास्त गर्दै मन्त्रालयले कारबाही सुरुवात गरेको हो । कृषिमन्त्री तथा नार्ककी अध्यक्ष गीता चौधरीले दरबन्दी मात्र ओगटेर कार्यालय नआउने कर्मचारीलाई हटाउने कदम अगाडि बढाएकी हुन् । बर्खास्तमा ...