। सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकमा रहेको एशियन हाइवेअन्तर्गत कमला-कञ्चनपुर चार लेन सडक विस्तारका क्रममा हटाइएको विश्वेश्वरप्रसाद (बिपी कोइरालाको सालिक पुनर्स्थापना गर्न खोज्दा विवाद भएको छ ।
स्थानीयका अनुसार राति करिब १० बजेतिर सालिक पुनर्स्थापना गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगरसभापति साविर अली समर्थित केही स्थानीयहरूले अवरोध गरेपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो । स्थानीयले निर्माण कार्यसम्बन्धी सूचना पार्टीसमेत नटाँसिएको आरोप लगाएका छन् ।
विवाद भएपछि उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सालिक स्थापनाका लागि सुरूङ्गा नगरपालिकाले ८ लाख र निर्माण कम्पनी चाइना रेल्वे इन्जिनियर ग्रुप- २ ले दुई लाख बजेट विनियोजन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार सालिक निर्माणको विषयलाई लिएर दुई पक्षबीच विवाद भए पनि अहिले अवस्था सामान्य बनेको छ ।
उनले सडक विभागको अनुमतिबिना सडकको मापदण्डभित्र सालिक पुनःस्थापना गर्न खोजिएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको बताए ।
यता सडक डिभिजन लहानले मिति २०८३ जेठ ८ गते कार्यालयको कार्य क्षेत्रभित्र पर्ने कदमाहा गाईघाट सड़कखण्डको कदमाहा चौकमा बिनास्वकृतिको सालिक / पार्क निर्माण गर्न लागेको सूचना प्राप्त भएको बताउँदै सडक विभागसँग सहमति लिएर मात्र काम गर्न/गराउन सुरूङ्गा नगरपालिकालाई अनुरोध गरेको छ ।
सुरूङ्गा नगरपालिकाका मेयर रूद्रबहादुर कार्कीले भने सालिक पुनःस्थापनामा अवरोध हुनु गलत प्रवृत्ति भएको बताए ।