मुख्य समाचार
इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश
इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश

। गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले रोमाञ्चकता भएको खेलमा दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।

राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १-१ गोल गरे ।

गोलको वर्षा भएको खेलमा पहिलो हाफमै तीन गोल भएको थियो ।

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको खेलमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेट अन्तरमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै बेलिङहमले कप्तान ह्यारी केनको असिस्टमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

मेक्सिको विरुद्ध दुई गोल गरेपछि बेलिङहमको गोल संख्या ४ पुगेको छ । बेलिङहमले समूह चरणका क्रोएसिया र पानामा विरुद्ध एक-एक गोल गरेका थिए ।

दुई गोलले पछि परेको मेक्सिकोले पनि तत्कालै गोल फर्कायो । मेक्सिकोका जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । जारी विश्वकपमा क्विनोसको पनि यो चौथो गोल हो । उनले यसअघि समूह चरणमा दक्षिण अफ्रिका र चेक रपब्लिकबीच एक-एक गोल गरेका थिए भने राउण्ड अफ ३२ को खेलमा इक्वेडर विरुद्ध एक गोल गरेका थिए ।

४९औं मिनेट निको ओ’रेलीको प्रहार पोस्टमा लागेर फर्कँदा इंग्ल्यान्डले अग्रता बढाउने अवसर गुमाएको थियो ।

५४औं मिनेटमा जारेल क्वान्साहले मेक्सिकोका जेसस गालार्डोलाई खराब ट्याकल गरेपछि रातो कार्ड सामना गरेका थिए । रेफ्रीले भिएआरको सहयतामा उनलाई सिधै रातो कार्ड देखाएका हुन् ।

इंग्ल्यान्डले दोस्रो हाफमा अधिकांश समय दश खेलाडीमा रहेर खेलेको थियो ।

तर एक खेलाडी कम हुनका बाजजुत पनि कप्तान ह्यारी केनले ६०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको थियो ।

जारी विश्वकपमा केनको यो छैटौं गोल हो । उनी सर्वाधिक गोलकर्तामा चौथो स्थानमा छन् । केनले समूह चरणमा क्रोएसिया विरुद्ध २ र पानामा विरुद्ध १ गोल गरेका थिए । यस्तै राउण्ड अफ ३२ मा केनले डिआर कंगो विरुद्ध २ गोल गरेका थिए ।

यस्तै समग्रमा भने विश्वकपमा केनको यो १४औं गोल हो । उनी विश्वकपमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा पाँचौ स्थानमा उक्लेका छन् ।

त्यसपछि मेक्सिको पनि पेनाल्टीमा गोल फर्कायो । मेक्सिकोका राहुल जिमिनेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर ३-२ बनाउँदै मेक्सिकोको सम्भावना कायम राखेका थिए ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले गुटिरेजलाई पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा मेक्सिकोलाई पेनाल्टी दिएका थिए । जसमा जिमिनेजले सहजै गोल गरे ।

एक खेलाडी कम भएको फाइदा उठाउने प्रयास मेक्सिकोले गरेपनि त्यसपछि गोल थप्न नसक्दा घरेलु मैदानमै पराजित हुँदै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम