मुख्य समाचार
इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश
इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश

। गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले रोमाञ्चकता भएको खेलमा दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।

राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १-१ गोल गरे ।

गोलको वर्षा भएको खेलमा पहिलो हाफमै तीन गोल भएको थियो ।

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको खेलमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेट अन्तरमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै बेलिङहमले कप्तान ह्यारी केनको असिस्टमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

मेक्सिको विरुद्ध दुई गोल गरेपछि बेलिङहमको गोल संख्या ४ पुगेको छ । बेलिङहमले समूह चरणका क्रोएसिया र पानामा विरुद्ध एक-एक गोल गरेका थिए ।

दुई गोलले पछि परेको मेक्सिकोले पनि तत्कालै गोल फर्कायो । मेक्सिकोका जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । जारी विश्वकपमा क्विनोसको पनि यो चौथो गोल हो । उनले यसअघि समूह चरणमा दक्षिण अफ्रिका र चेक रपब्लिकबीच एक-एक गोल गरेका थिए भने राउण्ड अफ ३२ को खेलमा इक्वेडर विरुद्ध एक गोल गरेका थिए ।

४९औं मिनेट निको ओ’रेलीको प्रहार पोस्टमा लागेर फर्कँदा इंग्ल्यान्डले अग्रता बढाउने अवसर गुमाएको थियो ।

५४औं मिनेटमा जारेल क्वान्साहले मेक्सिकोका जेसस गालार्डोलाई खराब ट्याकल गरेपछि रातो कार्ड सामना गरेका थिए । रेफ्रीले भिएआरको सहयतामा उनलाई सिधै रातो कार्ड देखाएका हुन् ।

इंग्ल्यान्डले दोस्रो हाफमा अधिकांश समय दश खेलाडीमा रहेर खेलेको थियो ।

तर एक खेलाडी कम हुनका बाजजुत पनि कप्तान ह्यारी केनले ६०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको थियो ।

जारी विश्वकपमा केनको यो छैटौं गोल हो । उनी सर्वाधिक गोलकर्तामा चौथो स्थानमा छन् । केनले समूह चरणमा क्रोएसिया विरुद्ध २ र पानामा विरुद्ध १ गोल गरेका थिए । यस्तै राउण्ड अफ ३२ मा केनले डिआर कंगो विरुद्ध २ गोल गरेका थिए ।

यस्तै समग्रमा भने विश्वकपमा केनको यो १४औं गोल हो । उनी विश्वकपमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा पाँचौ स्थानमा उक्लेका छन् ।

त्यसपछि मेक्सिको पनि पेनाल्टीमा गोल फर्कायो । मेक्सिकोका राहुल जिमिनेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर ३-२ बनाउँदै मेक्सिकोको सम्भावना कायम राखेका थिए ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले गुटिरेजलाई पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा मेक्सिकोलाई पेनाल्टी दिएका थिए । जसमा जिमिनेजले सहजै गोल गरे ।

एक खेलाडी कम भएको फाइदा उठाउने प्रयास मेक्सिकोले गरेपनि त्यसपछि गोल थप्न नसक्दा घरेलु मैदानमै पराजित हुँदै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...