मुख्य समाचार
ट्रम्पले इरानमा जारी रहेको खामेनीको अन्त्येष्टि कार्यक्रमबारे अभिव्यक्ति
ट्रम्पले इरानमा जारी रहेको खामेनीको अन्त्येष्टि कार्यक्रमबारे अभिव्यक्ति

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी रहेको खामेनीको अन्त्येष्टि कार्यक्रमबारे नयाँ अभिव्यक्ति दिएका छन् । उनले यदि चाहेको भए एकै आक्रमणमा इरानको बाँकी नेतृत्वलाई समाप्त पार्न सक्थे, तर उनले इरानले वार्ता गर्न चाहेकाले त्यसो नगरेको बताएका छन् । ट्रम्पले खामेनीप्रति श्रद्धाञ्जली दिन उपस्थित मानिसहरूको रुवाइलाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘सायद यी नक्कली आँशु हुन् ।’

ट्रम्पको यो टिप्पणी दुवै देशबीच शान्ति सम्झौता धेरै हदसम्म लागू भइसकेको अवस्थामा आएको हो । ४ जुलाईदेखि इरानमा दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रमहरू भइरहेका छन् । यी कार्यक्रममा एकै स्थानमा इरानको लगभग सम्पूर्ण नेतृत्व उपस्थित हुने बताइएको छ ।
रिपोर्ट अनुसार ट्रम्पले अन्त्येष्टि प्रक्रियाबारे पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘उनीहरू सबै (इरानको बाँकी नेतृत्व) त्यहाँ हुनेछन् । यदि म चाहें भने एक आक्रमणमै सबैलाई समाप्त गर्न सक्छु । तर हामी त्यसो गर्ने छैनौं, किनकि हामी इरानसँग कुरा गर्न चाहन्छौं । यदि उनीहरू समाप्त भए भने हामी कोसँग कुरा गर्ने ?’

सायद यी नक्कली आँशु हुन् : ट्रम्प
इरानमा हालै पहिलो पटक दिवंगत नेता खामेनीको जनाजे कार्यक्रम राखिएको थियो । त्यहाँ धेरै देशका मानिसहरूले पुगेर श्रद्धाञ्जली दिएका थिए र केही मानिसहरू रोएका पनि देखिन्थे । ट्रम्पले यही रुवाइलाई लिएर टिप्पणी गर्दै भने, ‘मलाई लाग्थ्यो मानिसहरूलाई खामेनीसँग घृणा छ । सायद यी नक्कली आँशु हुन सक्छन् ।’

ट्रम्पको यस टिप्पणीको जवाफमा आर्मेनियास्थित इरान दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया दिएको छ । पोस्टमा भनिएको छ, ‘तपाईं (ट्रम्प) यी कुरा बुझ्न सक्नु हुन्न, किनकि तपाईंसँग न त सभ्यता छ, न इतिहास छ, न सम्मान ।’

इरानको चेतावनी
अमेरिका र इजरायलसँग युद्धमा संलग्न रहिसकेको इरानले पनि यो कार्यक्रममाथि आक्रमणको डर व्यक्त गरेको छ । करोडौँ मानिस सहभागी हुने अनुमान गरिएको यस कार्यक्रममा ठूलो जनधनको क्षति हुन सक्ने आशंका छ । त्यसैले इरानले पहिले नै यस्तो कार्यक्रममाथि आक्रमण नगर्न चेतावनी दिएको छ ।

इरानी सरकारी मिडियाका अनुसार इस्लामिक सरकारद्वारा जारी बयानमा भनिएको छ, ‘यदि कुनै आक्रमण हुन्छ भने यसको कडा जवाफ दिइनेछ ।’ चेतावनी दिँदै भनिएको छ, ‘अमेरिका र जियोनिस्ट शासन (इजरायल) लाई कुनै पनि प्रकारको आक्रमण नगर्न चेतावनी दिन्छौँ, यदि यस्तो भयो भने कडा प्रतिक्रिया दिइनेछ ।’

ठूलो जनसमूह सहभागी हुने अनुमान
खामेनी केवल इरानका मात्र नभई विश्वभरका शिया समुदायका नेता भएकाले अन्त्येष्टिमा ठूलो भीड हुने अनुमान छ । सरकारी मिडियाका अनुसार हजारौँ मानिसहरूको ज्यान जाने जोखिम समेत रहेको बताइएको छ, किनकि यति ठूलो भीड व्यवस्थापन गर्न कठिन हुने भनिएको छ । कार्यक्रम करिब चार दिन चल्नेछ र अन्तिम दिन ९ जुलाईमा उनलाई उनको गृह नगर मशहदमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम