मुख्य समाचार
सरकारको पहिलो सय दिनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार लोकप्रियतामुखी बन्न खोज्दा विधि, प्रक्रिया र संस्थागत शासन कमजोर बनाउने दिशामा गएको आरोप
सरकारको पहिलो सय दिनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार लोकप्रियतामुखी बन्न खोज्दा विधि, प्रक्रिया र संस्थागत शासन कमजोर बनाउने दिशामा गएको आरोप

— कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो सय दिनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार लोकप्रियतामुखी बन्न खोज्दा विधि, प्रक्रिया र संस्थागत शासन कमजोर बनाउने दिशामा गएको आरोप लगाएको छ ।

सभापति गगन थापाले सरकारले केही सकारात्मक संकेत देखाए पनि ‘कामभन्दा लाइकको चिन्ता बढी’ गरेको, निजी क्षेत्रलाई त्रसित बनाएको तथा कानुन र प्रक्रियाभन्दा परिणामलाई मात्र प्राथमिकता दिएको टिप्पणी गरेका छन् ।

सरकारको सय दिने कार्यसम्पादनको समीक्षा गर्दै आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले वर्तमान सरकारले अघिल्ला सरकारको तुलनामा प्रधानमन्त्रीको रूपमा सिंहदरबारको भूमिकालाई प्राथमिकता दिनु सरकारात्मक रुहेको बताए ।

‘विगतमा प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा बसेर शासकका रुपमा काम गर्नुपर्ने कुरामा कम ध्यान गयो । तर, राजनीतिक नेताका रुपमा बालुवटारमा बसेर गर्नुपर्ने भूमिकामा बढी ध्यान जाने गर्दथ्यो । बालुवाटारमा बसेर शासकको भूमिका निर्वाह गर्नुपर्नेमा बालुवाटारमा बसेर राजनीतिक व्यवस्थापन गर्ने काम भयो,’ थापाले भने, ‘यसलाई लिएर सरकारको मोर्चामा, पार्टीको बैठकमा र संसद्‌मा कुरा उठायौं । तर, भएन । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि बालुवाटार र सिंहदबारको भूमिकामा फरक देखिएको छ । सिंहदरबारमा बसेर शासकीय जिम्मेवारी प्राथमिकता परेको छ । यो समान्य कुरा देखिए पनि सकारात्मक छ ।’

यहीसँगै उनले सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधारभन्दा लोकप्रियता हासिल गर्ने काममा बढी केन्द्रित भएको आरोप थापाले लगाए । ‘सरकारलाई लाइभभन्दा लाइकको चिन्ता बढी देखिन्छ’ उनले भने, ‘भूमिहीनलगायत नागरिकका दीर्घकालीन समस्याभन्दा तत्काल चर्चा बटुल्ने काममा सरकार बढी केन्द्रित भएको छ ।’

थापाले विधि र प्रक्रिया मिचेर परिणाम मात्रै खोज्ने प्रवृत्ति लोकतान्त्रिक शासनका लागि घातक हुने बताए । ‘विधि, प्रक्रिया केही होइन, परिणाम मात्रै सबै कुरा हो भन्ने सोचका साथ सरकार अघि बढेको देखिन्छ,’ उनले भने, ‘यस्तो अभ्यास ०७४ सालमा पनि भएको थियो । कार्यकारी आदेशबाट कानुनको प्रक्रिया पूरा नगरी काम गर्ने प्रवृत्ति विगतमा पनि देखिएको थियो, त्यसको परिणाम राम्रो भएन । अहिले फेरि त्यही अभ्यास दोहोरिन थालेको छ । यो राम्रो होइन ।’

अर्थतन्त्रका विषयमा उनले बजारले सरकारप्रति विश्वास गुमाएको टिप्पणी गरे । साना तथा ठूला दुवै व्यवसायी अन्योलमा रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा नभई शंकाको दृष्टिले हेरेको उनको आरोप थियो ।

‘निजी क्षेत्र भनेको ठग हो, थुन्नुपर्ने हो भन्ने सन्देश गएको छ’ उनले भने, ‘निर्माण व्यवसायी, बैंकर वा अन्य व्यवसायी सबैमा त्रासको वातावरण बनेको छ । यस्तो अवस्थामा नयाँ लगानी आउने वा कसैले नयाँ व्यवसाय सुरु गर्ने वातावरण बन्दैन ।’

भ्रष्टाचार नियन्त्रणका लागि कानुनबमोजिम हुने अनुसन्धान र कारबाहीमा कांग्रेसको समर्थन रहने उनले स्पष्ट पारे । तर त्यसलाई विधि र प्रक्रियाबाहिर गएर वा लोकप्रियता कमाउने माध्यमका रूपमा प्रयोग गर्न नहुने उनको भनाइ छ ।

थापाले बलियो सरकार भएको अवस्थामा संस्थागत सुधार, संविधान संशोधन तथा परराष्ट्र नीतिजस्ता विषयमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा सरकार त्यसतर्फ उन्मुख हुन नसकेको बताए ।

बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा सबै राजनीतिक दलसँग साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा सरकार तत्काल लोकप्रिय हुने विषयमै केन्द्रित भएको उनको आरोप थियो ।

उनले संविधान र लोकतान्त्रिक संस्थाहरूलाई बेवास्ता गर्ने प्रवृत्ति अन्ततः सुशासनका लागि बाधक बन्ने चेतावनी पनि दिए ।

उता सरकारले भने आफ्नो पहिलो सय दिनलाई उपलब्धिमूलक रहेको दाबी गरेको छ । सय दिन पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रशासनिक सुधार, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सीमावर्ती जिल्ला पर्सामा लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निरन्तर अभियान चलाइरहे पनि यसको कारोबार भने घट्न सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषध सम्बन्धी मुद्दा, पक्राउ पर्नेको संख्या तथा बरामद हुने लागुऔषधको परिमाण उच्च नै रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म मात्रै लागुऔषध सम्बन्धी ...
: नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई ...
— प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान ...
: एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्। एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ...
— धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले गाउँ कार्यपालिकामा बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत गर्न नसकिएको ...