: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई नागरिकको जनजीविका (लाइफ) को भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको टिप्पणी गरेका छन् ।
सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारका कामलाई आफूले पाँच वटा बुँदामा हेरेको बताएका छन् । सभापति थापाले वर्तमान सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता रहेको बताउँदै नागरिकको जनजीविकाको सवालमा सरकारको प्राथमिकतामा नभएको बताएका छन् ।
सभापति थापाले प्रधानमन्त्रीको फोकस शासकीय कामहरुमा बढी देखिएको टिप्पणी गरेका छन् । उनले नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या भएको समेत बताएका छन् । सभापति थापाले भूमिहीनको समस्या लामो समयदेखिको भएको बताउँदै यो समस्या कहिँ न कहिँ गएर दलित समुदायसँग गएर जोडिने बताएका छन् । उनले यसको कारण संरचनागत कुरा भएको बताएका छन् । भूमिहीनको समस्या समाधानका लागि विगतका सरकारहरुले धेरै काम गरिसकेको बताउँदै यो सरकारलाई यो समस्या समाधानका लागि केहि सहज अवस्था रहेको बताए ।
सभापति थापाले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको बताए । रास्वपा सरकारले कानुनबाट हल गर्न सकिने सबै कुराहरु तयारी रहेको अवस्थामा समेत एकाएक बस्तीमा डोजर चलाएर सरकारले फिल्मी शैली प्रदर्शन गरेको बताए । उनले सुकुम्बासी बस्तीमा सरकारले मानवीयता नदेखाएको समेत आरोप लगाए ।
सभापति रासवपाले दलित समुदायसँग माफी मागेको कुरा आफूहरुले समेत स्वागत गरेको बताए । तर, दलित समुदायहरुसँग सरकारले माफी माग्दै गर्दा उनीहरुको जीवनलाई सहज बनाउन के गरियो भन्ने कुरा आउने बताए । उनले सुकुम्बासी बस्तीबाट लखेटिएकाहरुमा धेरैजसो दलित समुदायका मानिसहरु नै रहेको समेत बताएका छन् । सभापति थापाले सरकारले यसपटक परीक्षाफल छिटो प्रकाशित गरेको भए पनि छिटो नतिजा प्रकाशन गर्दै गर्दा अहिले पनि सयौं विद्यार्थीहरु अहिले माइतीघर मण्डलामा नारा लगाएर बस्नु परेको अवस्था रहेको बताए ।
उनले विद्यार्थीहरु माइतीघरमा नारा लगाएर बस्नु पर्ने वाध्यता उसको जीवनसँग जोडिएको विषय समेत भएको सभापति थापाले बताएका छन् । उनले विद्यार्थीको नतिजामा भएको त्रुटी एक–दुई वटा मात्र भएको भए सामान्य रुपमा हेर्न सकिने भए पनि अहिलेको विषय सामान्य नभएको बताए । उनले सरकारले निर्णय गर्दैगर्दा आफूले गरेको निर्णयले लाइफ (जीवन) मा के असर पर्छ भन्ने नसोचेको बताए ।
सभापति थापाले सरकारले छिटो नतिजा प्रकाशनको विषयलाई कति लाइक थप्छ भन्ने भनेर मात्र सोंचेको आरोप लगाए । सभापति थापाले सरकारको काम गर्ने शैली र प्रक्रियाको विषयमा समेत आपति जनाएका छन् । डेमोक्रेसीमा सरकार प्रतिनिधि मात्र भएकाले प्रक्रिया अनुसार नै चल्नु पर्ने बताएका छन् । सरकारले प्रोसेस पुरा गर्दिन भने कहिँ न कहिँ पुगेर दुर्घटना हुने समेत बताएका छन् । सभापति थापाले अहिलेको सरकारले ‘म तिमीलाई परिणाम दिन्छु, प्रक्रिया गोलीमाराको शैलीमा अगाढि बढिरहेको बताए ।