मुख्य समाचार
सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप
सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप

: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप लगाएका छन्। सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाए ।

उनले सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको टिप्पणी गर्दै राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारे । सभापति थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानुनको शासन कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।

उनले राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको उल्लेख गर्दै सरकारले कानुन मिच्ने प्रयास गरे प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने चेतावनी समेत दिए । उनले सय दिन भित्र सरकारले विश्वास जगाउने नभएर आशंका जगाउने काम गरेको बताउँदै जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दावी गरे । सभापति थापाले हचुवाको भरमा संविधान संशोधन जस्ता विषय चलाए मुलुक फेरी हर्काे भड्खालोमा पर्ने भन्दै समावेशीता र भाषाको संवेदनशीलतालाई बुझ्न सरकारलाई सचेत गराए ।

सभापति थापाले काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा चलाएको डोजर प्रसङ्गलाई जोड्दै थापाले सरकारले कानुनी प्रक्रिया र मानवीय संवेदनालाई लत्याएको टिप्पणी गरे । साना व्यवसायीदेखि ठूला उद्योगीसम्म कसैले पनि ढुक्कसँग लगानी गर्ने वातावरण नबनेको र सरकारले आर्थिक संकुचन हटाउन ध्यान नदिएको उनले आरोप लगाए । परराष्ट्र नीतिका सन्दर्भमा पनि सरकारले राष्ट्रिय सहमति बनाउनुको साटो क्षणिक वाहवाहीका लागि मात्र काम गरिरहेको थापाको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सीमावर्ती जिल्ला पर्सामा लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निरन्तर अभियान चलाइरहे पनि यसको कारोबार भने घट्न सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषध सम्बन्धी मुद्दा, पक्राउ पर्नेको संख्या तथा बरामद हुने लागुऔषधको परिमाण उच्च नै रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म मात्रै लागुऔषध सम्बन्धी ...
: नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई ...
— प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान ...
: एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्। एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ...
— धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले गाउँ कार्यपालिकामा बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत गर्न नसकिएको ...