मुख्य समाचार
नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी
नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा त्यसैको उपज रहेको दाबी गरेका हुन् ।

‘यो कुनै सुशासनको निम्ति गरिएको होइन, यो कुनै राम्रो उद्देश्यको निम्ति गरिएको छैन,’ प्रचण्डले भने, ‘यो निकै ठूलो डिजाइन र षडयन्त्रअन्तर्गत नेपालको भूराजनीतिमाथि हस्तक्षेप गरेर भारत र चीनलाई कन्ट्रोल गर्ने र यहाँ एउटा बेस बनाउने इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको हो भन्ने कुरा बुझ्न केही गाह्रो छैन ।’

जेसुकै भएपछि रास्वपाको बहुमत आएकाले तत्काल राम्रो कामको विरोध आफूबाट नहुने भनेको उनले बताए । ‘बहुमत आयो रास्वपाको, राम्रो काम गर्ने कुराको हाम्रो विरोध हुँदैन, गलत काम गर्‍यौं भने विरोध हुन्छ भनेर सुरुमा त्यसरी भन्यौं । किनकि जनताबाट एक खालको त्यसरी बनाइएको छ,’ उनले भने ।

जनतामा ठूलो भ्रम रहेकाले अहिले सत्य कुरा बोलेपनि पत्याउने र सुन्ने अवस्था नरहेको प्रचण्डले टिप्पणी गरे ।

‘यति ठूलो भ्रम सिर्जना भएको छ मानिसहरूमा, त्यसमा पनि युवाहरूमा अझ बढी । यहाँ विरोध गरेर सुन्नेवाला छैन कोही, तपाईँ जतिसुकै साँचो कुरा भन्नुस्,’ उनले भने, ‘बडो विचित्र हुँदो रहेछ त्यो अल्गोरिदम या सामाजिक सञ्जालबाट गरिने अल्गोरिदम् म्यानुपुलेसन पनि त्यहाँ थुप्रै चिज हुने रहेछ ।’

अहिले आफूले पनि गतिलोसँग नबोलेको र कार्यकर्ता पनि बोल्न हिचकिचाएको प्रचण्डले समीक्षा सुनाए । ‘बोल्नेबेला आउला भनेर बसिया छ, बोलिन्छ । बोलिन्छ मात्र होइन, जरुरी पर्दा राम्रैसँग लडिन्छ, हेर्नुहोला केही महिनापछि हामी आन्दोलनमा जान्छौं नै,’ उनले भने ।

आफू डरले नबोल्ने मान्छे नरहेको पनि उनले दाबी गरे । अगाडि भने, ‘हामी डरले नबोल्नेवाला मान्छे होइनौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यसबारे जानकारी गराएका हुन् । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको ...
। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् । विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिँदै उनले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर ...
। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार ...
: जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा ...
। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन् । नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम ...