मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने

। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन् ।

नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको बताउनु भयो ।

‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ । यसमा अब असारको मसान्त भित्रमा यसको प्रतिवेदन बुझाउने सम्माननीय प्रधानमन्त्री समक्ष बुझाउने हाम्रो कार्यक्रम रहेको छ,’ उनले भने, ‘हामीले विभिन्न सरोकारवाला निकाय, संविधानविद्देखि लिएर सबै जनासँग हामीले छलफल गरेका छौँ । विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौँ र अब हामी एउटा लगभग प्रतिवेदन लेखन–लेखन तिरको अवस्थामा आइपुगेका छौँ र त्यो तयार भइसकेपछि हामीले यसको जानकारी गराउँछौं ।’

संयोजक साहले प्रतिवेदन लेखनको चरणमा कार्यदल प्रवेश गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यसबारे जानकारी गराएका हुन् । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको ...
। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् । विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिँदै उनले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा त्यसैको उपज रहेको दाबी गरेका हुन् । ‘यो कुनै सुशासनको निम्ति गरिएको होइन, यो कुनै राम्रो उद्देश्यको निम्ति गरिएको छैन,’ प्रचण्डले भने, ‘यो निकै ठूलो डिजाइन र ...
। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार ...
: जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा ...