मुख्य समाचार
चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी
चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी

। चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।

वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि छ देखि आठ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने प्रभावकारी व्यवस्था गरिएको जानकारी दिए ।

सरकारका तर्फबाट दिइने प्रतिक्वीन्टल रु ७० का दरको करिब रु एक अर्ब ५२ करोड अनुदान रकम सम्बन्धित निकायमा निकासा भई असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको उनले बताए ।

बैंक खाता र प्यानजस्ता प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानहरूको बाँकी भुक्तानीसमेत तत्काल हुने व्यवस्था मिलाइएको सरकारले जारी गरेको १०० दिनका उपलब्धि विवरणमा उल्लेख छ ।

कृषि बजार सूचना प्रणाली सञ्चालन एवं चिस्यान केन्द्रका लागि बजेट व्यवस्था गरिएको छ । कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षणको कार्य अघि बढाइएको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न रु तीन करोडसम्मको कृषि कर्जामा रहेको जोखिम भारलाई ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ ।

मुलुकभरका किसानहरूको आवश्यक विवरण सङ्कलन गरी विद्युतीय प्रणालीमा आबद्धता गर्न कूल २५ लाख ५८ हजार १९८ सङ्ख्यामध्ये हालसम्म सात लाख ५० हजारको प्रमाणीकरण गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावित परिवारलाई राहत वितरणका साथै सोको अध्ययनको कामसमेत समितिले सक्रिय रूपमा गरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यसबारे जानकारी गराएका हुन् । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको ...
। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् । विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिँदै उनले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा त्यसैको उपज रहेको दाबी गरेका हुन् । ‘यो कुनै सुशासनको निम्ति गरिएको होइन, यो कुनै राम्रो उद्देश्यको निम्ति गरिएको छैन,’ प्रचण्डले भने, ‘यो निकै ठूलो डिजाइन र ...
। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार ...
: जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा ...