मुख्य समाचार
इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा
इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा

। अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा भएका छन् । शुक्रबारबाट सुरु भएको श्रद्धाञ्जली सभामा शनिबारसम्म उस्तै बाक्लो भिड कायम रहेका तस्वीरहरू सार्वजनिक भएका छन् ।

खामेनीको शव तेहराको ग्रान्ड मोसल्लामा राखिएको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

इरानी अधिकारीका अनुसार खामेनीको श्रद्धाञ्जली समारोह ६ दिनसम्म चल्नेछ । उक्त ६ दिनको अवधिमा झन्डै दुई करोडमा मानिस उपस्थित हुने इरानी अधिकारीले दाबी गरेका छन् ।

यस्तै, खामेनीको शव इराक पनि लगिने बताइएको छ । इराकको समाचारस्रोतलाई उधृत गर्दै बीबीसीले बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव इराकको राजधानी बगदादमा लगिने समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबीए) ले चन्द्रमाको सतहमा काम गर्नका लागि अन्तरिक्ष यात्रीहरूलाई तयार पार्ने उद्देश्यले जमिनमै आधारित एक विशेष नमुना संमिश्रण (ग्राउन्ड-बेस्ड एनालग कम्प्लेक्स) निर्माण गरिरहेको छ। एफएमबीएका एक अधिकारीले रूसी समाचार संस्था टासलाई यसको जानकारी दिएका हुन्। उक्त अधिकारीले टाससँग भनेका छन्, ‘एफएमबीए अन्तरिक्ष चिकित्सा र जीवविज्ञान केन्द्रले यस क्षेत्रको विकास गरिरहेको ...
। रुसको प्रमुख सहरमध्येको एक पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा युक्रेनले भीषण हमला गरेको छ । शुक्रबार राति उक्त हमला सफल भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । उनले रुसलाई युद्धका लागि राजस्व उत्पादन गर्ने एक प्रमुख आधारभूत ढाँचामा आफ्नो सेनाले सफल हमला गरेको दाबी गरेका छन् । यस्तै, उनले त्यसका साथै रुसको ...
: इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी दिएको छ। इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले दुवै देशको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिका लागि चेतावनी दिएका हुन्। यसअघि बेलायत र फ्रान्सले शुक्रबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेटलाई 'वैश्विक अर्थतन्त्रको जीवनरेखा' को ...
: अमेरिका–इजरायल युद्ध सुरु भएकै बेला मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम दुई देशका पाँच सहरमा सञ्चालन हुनेछ र करोडौं शोकाकुल नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र ...
: थाइल्याण्डको उत्तर-पूर्वी मुकदाहान प्रान्तमा एक ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा नौ जना बौद्ध भिक्षुको मृत्यु भएको छ। तीर्थयात्रामा निस्किएका ३५ भिक्षु र पाँच सर्वसाधारणको समूह सडकमा हिँडिरहेका बेला बालकले अनुमति बिना अभिभावकको गाडी चलाएर नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र अन्य चार जनाको अस्पतालमा ...