मुख्य समाचार
मन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताए
मन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताए

। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने उनले बताए ।

आज कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक योजनाको कार्यालयमा भएको छलफलमा मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने बताए । कोरला सडक योजनाको निरीक्षण गर्दै मन्त्री लम्साल शुक्रबार मुस्ताङले लेतमा बसेका थिए ।

कोरला सडकको प्रगति बुझ्न तथा सडकको अनुगमन गर्न आउनुभएका मन्त्री लम्सालले उत्तर–दक्षिण जोड्ने कोरला सडकलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

‘यो साल कोरलानाकासम्मको सडकका लागि अस्फाल्ड कालोपत्रको ठेक्का खोल्नुपर्छ, हामीले के गर्नुपर्छ गर्छौं,’ मन्त्री लम्सालले भने, ‘वातावरणीय परीक्षण गरिएको छैन भने गर्नुहोला, कहाँ समस्या छ ,त्यसको सहजीकरण हामी गर्छौं ।’

कोरला सडक कालोपत्र गर्न कहाँ समस्या भइरहेको छ, त्यसको समाधानका लागि सम्बन्धित निकायलाई मन्त्रालयमा बोलाएर निष्कर्ष निकालिने उनको भनाइ छ । कोरलानाकासम्म कालोपत्र विस्तार गर्न सम्बन्धित पालिकाहरूको सहयोग भइसकेकाले अल्झिनुपर्ने कुनै ठाउँ नरहेको मन्त्री लम्सालले बताए ।

मन्त्री लम्साले कोरला सडकका लागि सडक तथा पुलपुलेसालगायत सबै आवश्यक पूर्वाधारको ठेक्का ‘टेन्डर’ खोलेर यो साल नै कालीगण्डकी करिडोर सडक अन्तर्गतको कोरला सडकलाई ‘कम्प्लिट’ गर्नुपर्ने उल्लेख गरे ।

‘तपाईंहरू ढुक्कले काम गर्नुस्, टेन्डर खोल्नुपर्ने भए खोल्नुस्, बजेट छैन भनेर रोकिनु पर्दैन,’ मन्त्री लम्सालले आयोजनालाई निर्देशन दिँदै भने, ‘काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्नुस् र काम गरिरहेकालाई छिटोछरितो काम गर्ने वातावरण मिलाउनुस् ।’

कोरला सडकअन्तर्गत म्याग्दी खण्डको निरीक्षण गर्नुभएका मन्त्री लम्सालले उक्त सडकका सडक ‘एलाइमेन्ट’ परिवर्तन गर्नुपर्ने हो वा दिगो पूर्वाधार बनाउनुपर्ने त्यसको निर्क्योल गर्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

कोरलानाका जोड्ने राष्ट्रिय गौरवको सडक भविष्यमा चार लेनको हुने भएकाले बस्ती रहेका स्थानमा सडक चौडा गर्न समस्या भएका स्थानमा ‘डाइभर्सन’ गरी वैकल्पिक उपायहरु अवलम्बन गर्नुपर्नेमा जोड उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यसबारे जानकारी गराएका हुन् । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको ...
। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन् । विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिँदै उनले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा त्यसैको उपज रहेको दाबी गरेका हुन् । ‘यो कुनै सुशासनको निम्ति गरिएको होइन, यो कुनै राम्रो उद्देश्यको निम्ति गरिएको छैन,’ प्रचण्डले भने, ‘यो निकै ठूलो डिजाइन र ...
। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार ...
: जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा ...