मुख्य समाचार
दुई फरक–फरक दुर्घटनामा घाइते भएका दुई जना महिलाको उपचारका क्रममा मृत्यु
दुई फरक–फरक दुर्घटनामा घाइते भएका दुई जना महिलाको उपचारका क्रममा मृत्यु

: मोरङको लेटाङ नगरपालिकामा भएका दुई फरक–फरक दुर्घटनामा घाइते भएका दुई जना महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको छ। दुवै घटना फरक समयमा भएका हुन्। घाइते महिलाहरूले उपचारका क्रममा मृत्यु भएको हो। कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अनटेस्ट सीटी सफारी शनिबार बिहान करिब ११:५५ बजेतिर लेटाङ नगरपालिका–३ मा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चार जना घाइते भएका थिए।

प्रहरीका अनुसार घाइतेमध्ये लेटाङ नगरपालिका–४ सिद्धार्थ लाइनकी ६० वर्षीया सन्चमाया लावतीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारका लागि लेटाङस्थित एडभान्स अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल रेफर गरियो। तर, अस्पताल पुर्‍याउनासाथ शनिबार दिउँसो करिब १ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा सफारी चालक लेटाङ–४ सिद्धार्थ लाइनका ४० वर्षीय वीरबहादुर राई, सफारीमा सवार ३७ वर्षीया शान्ति राई तथा लेटाङ–५ खेरुवाकी ५० वर्षीया अन्जु राई पनि घाइते भएका छन्। उनीहरूको लेटाङस्थित एड्भान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनै जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनामा संलग्न सीटी सफारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

त्यस्तै, लेटाङ नगरपालिका–९ जाँतेमा नौ दिनअघि भएको अर्को सडक दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको पनि शनिबार उपचारकै क्रममा मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ–९ जाँतेमा असार ११ गते प्र १–०२–०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको को २२ प ९५०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको मिकुवाखोला गाउँपालिका–२ का ३० वर्षीय प्रवीण दाहाल, स्कुटर चालक लेटाङ–९ की २५ वर्षीया चाँदनी राई तथा स्कुटरको पछाडि सवार लेटाङ–९ की २२ वर्षीया मुना दाहाल घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थाकी मुना दाहालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक प्रवीण दाहाल र स्कुटर चालक चाँदनी राईको उपचार पनि न्युरो अस्पतालमै जारी छ। उनीहरूमध्ये चाँदनी राईको अवस्था गम्भीर रहेको छ भने प्रवीण दाहालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक खेलका लागि ठूलो षडयन्त्र भएको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा त्यसैको उपज रहेको दाबी गरेका हुन् । ‘यो कुनै सुशासनको निम्ति गरिएको होइन, यो कुनै राम्रो उद्देश्यको निम्ति गरिएको छैन,’ प्रचण्डले भने, ‘यो निकै ठूलो डिजाइन र ...
। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार ...
: जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा ...
। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन् । नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम ...
। चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि ...