मुख्य समाचार
यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी
यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी

: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।

वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहेको बताएका हुन्।

असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारीमा कार्यदल रहेको उनले बताए। कार्यदलले विभिन्न सरोकार निकाय, संविधानविद्, राजनीतिक दलसँग छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन् । नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम ...
। चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु किसानले भुक्तानीका लागि ...
। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । पार्टीको प्रदेश स्तरीय प्रशिक्षणलाई शनिबार बुटवलमा सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई सशक्त आन्दोलनको तयारीमा रहन आग्रह गरेका हुन् । उनले सरकारको नेतृत्व गरिरहेको रास्वपा र त्यसको नेतृत्वलाई विचारहीन र बहुलठ्ठीपूर्ण तत्त्वको संज्ञा दिए । ‘महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने उनले बताए । आज कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक योजनाको कार्यालयमा भएको छलफलमा मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने बताए । कोरला सडक योजनाको निरीक्षण ...
: गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध कारोबार तथा अन्य गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नंम्बर १ वराह बाहिनी मुख्यालयको निरीक्षण तथा अनुगमनका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्न र कानुन कार्यान्वयनमा ...