मुख्य समाचार
पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि
पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि

: गोरखामा गोरखा दरबारभन्दा पुरानो (मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका— १० छेपेटारमा पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो।

भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्। इटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, घेराबार र मन्दिरको गर्भगृह, पेटीढुंगा आदिका आधारमा मल्लकालीन मन्दिर हो भनेर किटान गरिएको महर्जनले जानकारी दिइन्।

महर्जनको नेतृत्वको टोलीले यहाँ नौ दिनसम्म उत्खनन गरेको थियो। स्थानीय महादेवस्थान संरक्षण तथा विकास समितिले सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुननिर्माणका लागि जग खन्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो। ‘यहाँ मन्दिर निर्माण गर्न जेसीबी लगाएर जग खन्दा पुरानो खालको इँटाको गारो फेला प¥यो’, समितिका अध्यक्ष कमल पोखरेलले भने, ‘त्यसपछि काम रोकेर हामीले पुरातत्व विभागलाई खबर ग¥यौँ। पुरातत्व विभागले त्यसको एक वर्षपछि अनुसन्धान टोली खटाएर स्थलगत अध्ययन गरेको थियो।

त्यो चरणको अध्ययनपछि बाँकी अध्ययन यो वर्ष गरिएको छ।’ उत्खननबाट रोचक तथ्यहरू भेटिएको उनले जानकारी दिए। अहिले सबै भग्नावशेषको उत्खनन भएको विभागले जनाएको छ। ‘हामीले नौ दिन लगाएर उत्खनन ग¥र्यौं’, विभागकी अधिकृत यमुना महर्जनले भनिन्, ‘यहाँ सात मिटर लम्बाइ, सात मिटर चौडाइ भएको गारोभित्र ७.१० मिटर लम्बाइ, १८ इन्च चौडाइ भएको अर्को गर्भगृह भेटियो।

यहाँ प्रयोग भएको इँटाको साइज, थाम राख्न प्रयोग भएका बेसढुंगा तथा पेटीका ढुंगाको अध्ययन गर्दा यो छाने शैलीको मन्दिर मल्लकालीन भएको हाम्रो निष्कर्ष छ।’ यहाँ केही वर्षअघिसम्म लट्टेश्वर (लाटा महादेव) मन्दिर थियो। तर यो भग्नावशेष लट्टेश्वर वा कुन महादेव मन्दिरको हो भनेर किटान गर्न नसकिने पुरातत्वविद्हरूको भनाइ छ।

‘कुन महादेवको मन्दिर हो भनेर चिन्न लिखित अभिलेख चाहिन्छ। अहिलेसम्म त्यस्तो कुनै अभिलेख नभेटिएकाले किटान गर्न सकिएको छैन’, यमुना महर्जनले बताइन्। अघिल्लो वर्ष र यो वर्ष गरिएको उत्खननपछि अब उत्खननको काम सम्पन्न भएको पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीले जानकारी दिए। ‘अब यो उत्खननको रिपोर्ट तयार हुन्छ। त्यसपछि यसको संरक्षण गर्ने प्रक्रिया अघि बढाउँछौं’, उनले भने, ‘उत्खनन गरिएको भग्नावशेषमा नयाँ निर्माण गर्ने काम पुरातत्व विभागले गर्दैन।’ संरक्षणमात्र गरिनेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम ...
। अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ । छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् । कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई ...
। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । उनका अनुसार, ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल ...
। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी ...