मुख्य समाचार
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि विराटनगर पुगेका गृहमन्त्री
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि विराटनगर पुगेका गृहमन्त्री

: गृहमन्त्री सुधन गुरुङले प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरी प्रहरीका आवश्यक भवन निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता जनाएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि शनिबार विराटनगर पुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार मजबुत हुन अपरिहार्य रहेको बताए । देशका विभिन्न जिल्लामा रहेका प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको आफूलाई जानकारी भएको उल्लेख गर्दै उनले जीर्ण संरचनाको पुनः निर्माण तथा स्तरोन्नतिका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए ।

उनले सरकारले प्रहरीका आवश्यक भवन निर्माणलाई प्राथमिकतामा राखेको भए पनि बजेट अभावका कारण केही आयोजना प्रभावित भएको बताए । अब उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्दै निर्माण कार्यलाई तीव्रता दिने तयारी भइरहेको उनको भनाइ थियो । स्रोतका अनुसार सीमा सुरक्षाको वास्तविक अवस्था बुझ्न स्थलगत निरीक्षण आवश्यक हुने भन्दै गृहमन्त्री गुरुङ कोशी प्रदेशको सीमावर्ती क्षेत्रमा आएका हुन् । नेपाल–भारत सीमाअन्तर्गत मोरङको सीमावर्ती क्षेत्रमा सुरक्षाको अवस्था, प्रहरी परिचालन, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा आवश्यक सुधारका विषयमा सम्बन्धित सुरक्षा निकायसँग जानकारी लिने उनको योजना छ ।

गुरुङका अनुसार सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने, प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने तथा सीमा व्यवस्थापनलाई थप सुदृढ बनाउने विषयमा गृह मन्त्रालय गम्भीर रूपमा अघि बढिरहेको छ । सीमा नाकामा हुने सम्भावित चोरी तस्करी नियन्त्रण, सुरक्षा निगरानी विस्तार तथा समन्वयलाई प्रभावकारी बनाउने विषय पनि अनुगमनको मुख्य उद्देश्य रहेको बताइएको छ ।

शनिबार बिहान काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थल आइपुगेका गृहमन्त्री गुरुङले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेका छन् । त्यसपछि उनले मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङको भ्रमण मोरङमा मात्र सीमित रहने छैन ।

उनले सुनसरी जिल्लामा समेत आकस्मिक छड्के अनुगमन गर्ने कार्यक्रम रहेको छ भने आवश्यक सुरक्षा अवस्थाका बारेमा जानकारी लिन धनकुटासम्म पुग्ने कार्यतालिका बनाइएको छ । अनुगमनका क्रममा उनले सीमा नाकाको सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन, सीमावर्ती क्षेत्रका गतिविधि, सम्भावित अवैध कारोबार तथा चोरी तस्करी नियन्त्रणका उपायका बारेमा सुरक्षा अधिकारीहरूसँग विस्तृत जानकारी लिने कार्यक्रम रहेको छ। साथै, जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक निर्देशन समेत दिने तयारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम ...
। अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ । छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् । कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई ...
। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । उनका अनुसार, ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल ...
। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी ...