मुख्य समाचार
निर्वाचनमा पार्टीले गम्भीर धक्का खाएको भए पनि छिट्टै उठ्ने बताए
निर्वाचनमा पार्टीले गम्भीर धक्का खाएको भए पनि छिट्टै उठ्ने बताए

: नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनमा पार्टीले गम्भीर धक्का खाएको भए पनि छिट्टै उठ्ने बताएका छन् । पार्टीको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिले पार्टीविरुद्ध कुप्रचार भइरहेको भए पनि आक्रमण धक्काहरू सहँदै उद्देश्यतर्फ अगाडि बढिरहेको बताएका छन् ।

उनले भने, ‘हामीले समय–समयमा ठुला धक्काहरू व्यहोरेका छौँ, असफलताहरू पनि भोग्नुपरेको छ । एउटा नदी अगाडि बढ्न प¥यो भने त्यसले कहिले यताको भित्तामा ठोकिँदै, कहिले उताको कुममा ठोकिँदै अगाडि बढ्नु पर्छ । सधैँ सोझो गतिमा, सोझो बाटोमा बिना व्यवधान एउटा नदीले पनि हिँड्न पाउँदैन । हामीलाई रोक्न अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौं ।’

उनले थपे, ‘माओत्सेतुङको एउटा भनाइ छ, जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ । कायरहरूले घोडाबाट बादशाहलाई झार्न सक्दैनन् । हिम्मतिलाहरूले मात्रै संघर्ष अगाडि बढाउन सक्छन् । हिम्मत भनेको सजिला बेलामा त जसले पनि देखाउँछ । अप्ठ्यारो परिस्थिति आयो भने खुट्टा हेर्नुपर्छ, कामेको छ कि छैन त्यतिबेला थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम ...
। अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ । छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् । कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई ...
। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । उनका अनुसार, ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल ...
। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी ...