मुख्य समाचार
नेतन्याहु र ट्रम्पबीच छिट्टै भेटवार्ता हुने
नेतन्याहु र ट्रम्पबीच छिट्टै भेटवार्ता हुने

। बीबीसी फारसी सेवाका अनुसार, इजरायली प्रधानमन्त्रीको कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छिट्टै भेटवार्ता हुन लागेको जानकारी दिएको छ।

दुवै नेताबीच टेलिफोनमा भएको कुराकानीका क्रममा भेटघाट गर्ने सहमति बनेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

यस टेलिफोन कुराकानीका क्रममा बेन्जामिन नेतान्याहूले ट्रम्पलाई अमेरिका स्थापनाको २५०औँ वर्षगाँठको अवसरमा बधाई दिएका थिए।

बयान अनुसार नेतान्याहूले भने, “अमेरिका विश्वमा स्वतन्त्रताको ग्यारेन्टर हो र इजरायलले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई निकै महत्त्व दिन्छ।”

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका–इजरायल युद्ध सुरु भएकै बेला मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम दुई देशका पाँच सहरमा सञ्चालन हुनेछ र करोडौं शोकाकुल नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र ...
: थाइल्याण्डको उत्तर-पूर्वी मुकदाहान प्रान्तमा एक ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा नौ जना बौद्ध भिक्षुको मृत्यु भएको छ। तीर्थयात्रामा निस्किएका ३५ भिक्षु र पाँच सर्वसाधारणको समूह सडकमा हिँडिरहेका बेला बालकले अनुमति बिना अभिभावकको गाडी चलाएर नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र अन्य चार जनाको अस्पतालमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सम्झौता गर्न इरान निकै आतुर रहेको दाबी गरेका छन् । उनले अमेरिका इरानका सर्वोच्च नेता रहेका अली खामेनीको अन्त्येष्टि (अन्तिम संस्कार) सम्पन्न गर्नका लागि एक साताको समय दिएको पनि बताएका छन् । अमेरिका स्थापना भएको २५० वर्ष पूरा हुन लागेको अवसरमा आयोजित ऐतिहासिक सम्बोधनका क्रममा ट्रम्पले यी कुरा बताएका हुन् ...
: इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु भएको छ। यसैबीच, त्यहाँ विदेशी पाहुनाहरू र विशिष्ट व्यक्तित्वहरू पुग्ने क्रम पनि सुरु भएको छ। बीबीसी फारसी सेवाका अनुसार, एक घण्टा अघि चाइना पिपुल्स कांग्रेसका उपप्रमुख हे वेईको तस्बिर सार्वजनिक गरिएको छ, जो आजको समारोहमा सहभागी हुन तेहरान पुगेका थिए। आफ्नो भ्रमणको सुरुवातमा उनले इरानी संसदका ...
: अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान आइपुगेका छन्। खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, ...