मुख्य समाचार
सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज
सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज गरेको छ ।
बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘हेल्लो सरकार’ मार्फत १० हजार ९३२ गुनासो प्राप्त भएको जानकारी गराएका छन् ।

उनले प्राप्त गुनासोमध्ये ८७७ वटाको समाधान र ३,२८६ गुनासो समाधानको प्रक्रियामा रहेको जानकारी गराएका छन् । यसको विषयमा सरकारले विस्तृत सूचना र जानकारी दिने समेत प्रवक्ता पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्। वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहेको बताएका हुन्। असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्याधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताएकी छिन् । राष्ट्रिय सभामा शनिबार प्रधानमन्त्री बालेन शाहको तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले पूर्वाधार विकासमा हुने ढिलाइलाई सम्बोधन गर्न यो विधेयक ...
: सरकारले सार्वजनिक सेवा प्रवाह सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै ७५ जिल्लामा राहदानी वितरण घरघरमै सुरु गरिसकेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ले जानकारी दिएका छन् । सरकारका १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै ...
। मोरङमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार मध्यान्ह करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अवस्थामा उक्त सिटी अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा चार जना सवार ...
: गोरखामा गोरखा दरबारभन्दा पुरानो (मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका— १० छेपेटारमा पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्। इटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, ...