मुख्य समाचार
सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको छ
सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको छ

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको छ ।

सरकारको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा अवैध अनलाइन सट्टेबाजी र जुवाका डोमेन लिंकहरू बन्द गरिएको पनि उल्लेख छ ।

‘नेपालभित्र सञ्चालनमा रहेका २६ वटा रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल दुई लखा ४८ हजार ६७६ वटा डोमेन लिंकहरू बन्द गराइएको छ,’ सारांशमा लेखिएको छ ।

सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत भएर कार्यान्वयनमा आइसकेको पनि जनाएको छ ।

यस्तै समय दिनको अवधिमा सरकारले सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढाएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

सेवा प्रवाहमा समयको बचत गने नीतिअनुरूप सरकारले प्रसारण इजाजत र चलचित्र जाँचपासजस्ता तीनदेखि सात दिन लाग्ने सेवाहरूलाई पुनर्संरचना गरी एकदेखि तीन दिनभित्रै उपलब्ध गराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...