मुख्य समाचार
पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको
पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको

। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे ।

उनका अनुसार, भदौ २३ गतेको घटनालाई जुन रूपमा चित्रण गरियो, त्यसले महिलाहरूको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाएका कारण पार्टीलाई सधैँ साथ दिने दिदीबहिनी तथा आमाहरू समेत टाढिएका छन् ।

‘नयाँ पुस्ता पनि हामीबाट टाढिएको कुरा सत्य नै हो । नयाँ पुस्ता मात्रै होइन, सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता पनि यस पटकको निर्वाचनमा हामीसँग रहेन । यतिसम्म कि २३ गतेको घटनाका कारण आम रूपमा दिदीबहिनी र आमाहरू पनि हाम्रा साथमा रहेनन् । जुन प्रकारले २३ गतेको घटनाको चित्रण गरियो, त्यसले आमाहरूको मानवीय संवेदनशीलतालाई यति धेरै उद्वेलित बनायो कि सधैँभरि हामीलाई माया गर्ने र साथ दिनेहरू पनि हामीबाट टाढा भए,’ पोखरेलले भने ।

महासचिव पोखरेलले नेकपा गठनका समयमा जनतामा जगाइएको आकांक्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तिब्र अन्तरसङ्घर्ष, नेकपाको विघटन र एमालेको विभाजन नै वर्तमान राजनीतिक निराशाको मुख्य कारण भएको औंल्याए ।

पार्टी विभाजनका क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपले आम जनतामा नकारात्मक सन्देश गएको र त्यही जगमा आजको ‘पपुलिजम’ जन्मिएको विश्लेषण उनले गरे ।

‘नेकपा गठनका समयमा हामीले जागृत गरेको आकाङ्क्क्षा, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि एमालेको विभाजनका कारण उत्पन्न भएको निराशा नै आजको पपुलिजमको जन्मको एउटा महत्वपूर्ण आधार हो । त्यस अर्थमा हामीले के बुझ्नुपर्छ भने, आज पपुलिजम किन जन्मियो ? यसको एउटा प्रमुख कारण नेकपा गठन, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि नेकपा एमालेको विभाजनका क्रममा एकले अर्कामाथि लगाइएका आरोप–प्रत्यारोप हुन्,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्। वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहेको बताएका हुन्। असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्याधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताएकी छिन् । राष्ट्रिय सभामा शनिबार प्रधानमन्त्री बालेन शाहको तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले पूर्वाधार विकासमा हुने ढिलाइलाई सम्बोधन गर्न यो विधेयक ...
: सरकारले सार्वजनिक सेवा प्रवाह सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै ७५ जिल्लामा राहदानी वितरण घरघरमै सुरु गरिसकेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ले जानकारी दिएका छन् । सरकारका १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै ...
। मोरङमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार मध्यान्ह करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अवस्थामा उक्त सिटी अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा चार जना सवार ...
: गोरखामा गोरखा दरबारभन्दा पुरानो (मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका— १० छेपेटारमा पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्। इटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, ...