मुख्य समाचार
इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु
इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु

: इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु भएको छ। यसैबीच, त्यहाँ विदेशी पाहुनाहरू र विशिष्ट व्यक्तित्वहरू पुग्ने क्रम पनि सुरु भएको छ।

बीबीसी फारसी सेवाका अनुसार, एक घण्टा अघि चाइना पिपुल्स कांग्रेसका उपप्रमुख हे वेईको तस्बिर सार्वजनिक गरिएको छ, जो आजको समारोहमा सहभागी हुन तेहरान पुगेका थिए। आफ्नो भ्रमणको सुरुवातमा उनले इरानी संसदका सभामुख मोहम्मद बकर गालिबाफसँग भेटवार्ता गरे।

हालसम्म आयातुल्लाह अली खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित समारोहमा तुर्कमेनिस्तानका राष्ट्रिय नेता, इराकी संसदका सभामुख, देशका राष्ट्रपति, इराकी कुर्दिस्तान क्षेत्रका प्रमुख र आर्मेनियाका प्रधानमन्त्री उपस्थित भएका छन् ।

यस समारोहमा दर्जनौँ अन्य देशका नेताहरू, संसदका सभामुखहरू र परराष्ट्र मन्त्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। गत फेब्रुअरी २८ मा इरानमाथि इजरायलले गरेको आक्रमणमा आयातुल्लाह अली खामेनीको मृत्यु भएको थियो। उनीसँगै इरानका कैयौँ उच्च अधिकारीहरूको पनि ज्यान गएको थियो।

तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिलाका उपप्रमुख मोहम्मद अमिन तवाकलिजादेहका अनुसार जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । जुलाई ४, ५, ६, ७ र ८ मा हुने अली खामेनीको अन्त्येष्टि समारोहमा राजधानी तेहरानमा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान आइपुगेका छन्। खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, ...
फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ । पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको सातामा अघिल्लो साताको तुलनामा दुई हजार २५ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। अमेरिका-इरान युद्धमा युरोपेली राष्ट्रहरूले समर्थन नगरेको र रक्षा खर्चमा ठूलो असमानता रहेको भन्दै ट्रम्पले गठबन्धनमा युरोपेली मुलुकको वर्तमान योगदानलाई हास्यास्पद र सम्बन्धलाई एकतर्फीको संज्ञा दिएका हुन्। टर्कीको राजधानी अङ्कारामा आगामी जुलाई ७ र ८ मा हुन गइरहेको नेटो शिखर सम्मेलनको सङ्घारमा ...
। अमेरिका र इरानबीच अप्रिलमा सुरु भएको वार्ताका क्रममा इजरायलले इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफलाई निशाना बनाउन सक्ने अमेरिकालाई डर थियो। यसै कारणले गर्दा अमेरिकाले मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूमार्फत तेहरानलाई सतर्क रहन सन्देश पठाएको थियो। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यदि यी दुवै वार्ताकारको हत्या भएमा युद्धविराम र शान्ति प्रक्रिया भङ्ग हुने अमेरिकालाई ...
। अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सवोच्च नेता आयतुल्लाह अलि खामेनी र उनका परिवारको शव अन्तिम श्रद्धाञ्जलीका लागि मस्जिदमा राखिएको छ । इरानको राजधानी तेहरानको एक मस्जिदमा उनीहरूको शव राखिएको हो । खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन केही विदेशी पाहुना पनि तेहरान पुगेका छन् । उनीहरूले प्रार्थनासभामै सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेका समाचार छन् जसमा पाकिस्तानका गृहमन्त्री ...